१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २१ बिहीबार १९:४१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जम्मु कस्मिरमा पाकिस्तान निर्मित लागुऔषध बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २१ बिहीबार १९:४१:००

भारतीय सुरक्षाकर्मीले जम्मु कस्मिरस्थित लाइन अफ कन्ट्रोल (एलओसी)नजिकैको उरी क्षेत्रमा पाकिस्तानमा निर्मित २५ केजीभन्दा बढी लागुऔषध बरामद गरेका छन् । समाचार संस्था एएनआईका अनुसार हिरोइनजस्तो लागुऔषध बरामद भएको जम्मुकस्मिर प्रहरीले जनाएको छ । लागुऔषध यही साता बरामद भएको प्रहरीले जनाएको छ । 

बरमुल्लास्थित प्रहरी एसएसपी रयेस मोहम्मद भाटका अनुसार लागुऔषध करिब २५ करोड भारतीय रुपैयाँमा कालोबजारी हुँदै आएको अनुसन्धानका क्रममा पुष्टि भएको छ ।

घटनास्थल पुगेका प्रहरीले पाकिस्तान निर्मित झोला र कार्टुनसमेत फेला पारेको र ३० केजी प्रतिबन्धित वस्तुसमेत रहेको एसएसपी भाटले एएनआइलाई बताएका छन् । यो घटनाबारे प्रहरीले भारतीय सेनासमेतको संलग्नतामा अनुसन्धान सुरु गरेको छ । सुरुमा सेनाले फेला पारेका सामान प्रहरीलाई थप अनुसन्धानका लागि हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।