मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १७ शुक्रबार
  • Friday, 03 December, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १५ शुक्रबार १६:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भ्रष्टाचार अभियोगमा पालिका अध्यक्षसहित ६ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १५ शुक्रबार १६:१८:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा ६ जनामाथि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। तालिम सञ्चालन गरी अनियमितता गरेको भन्दै अख्तियारले मकवानपुर कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

अध्यक्ष मुक्तान, सञ्चालक रामकुमार रिजाल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापामगर र सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेलविरुद्ध मुद्दा दर्ता गरिएको हो।

आर्थिक वर्ष ०७५/७६ मा युवा क्षमता विकास तथा आधारभूत पत्रकारिता तालिम सञ्चालन गरी उनीहरूले दुई लाख ६० हजार नाै सय रुपैयाँ अनियमितता गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।