मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फोटो।
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ११ सोमबार ११:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ११ सोमबार ११:५०:००

राष्ट्रिय सभाको आज सोमबारको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुवै विधेयक पारित गरियोस् भनी सदनमा छुट्टाछुट्टै प्रस्ताव पेस गरेका थिए ।

छलफलमा भाग लिने कोही नभएपछि दुवै विधेयकलाई माथिल्लो सदनले बहुमतले पारित गरेको हो । आज पनि राष्ट्रिय सभाको बैठक प्रारम्भ हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले उभिएर विरोध जनाएका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक यही असोज १७ गते दिउँसो १ बजे बस्नेछ ।