Skip This
नेप्से उल्लेख्य बढ्दा पनि कारोबार रकममा भने सुधार भएन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार o७:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेप्से उल्लेख्य बढ्दा पनि कारोबार रकममा भने सुधार भएन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o७:oo:oo

सेयर बजार लयतर्फ फर्किएको छ । मंगलबार केही सुधार भएको नेप्से परिसूूचक एक सय चार दशमलव ८८ अंकले बढेर दुई हजार आठ सय १६ दशमलव ९५ बिन्दुुमा पुुगेको छ । त्यस्तै ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स १९ दशमलव ४७ अंकले बढेर पाँच सय २८ बिन्दुुमा पुुगेको छ । 

सोमबार एक सय १४ अंकले घटेको बजारलाई पछिल्लो दुुई दिन आएको उछालपछि लगानीकर्ताले केही राहत महसुस गरेका छन् । कारोबारमा आएका सबै समूूहको सूूचक सकारात्मक बन्दा फाइनान्स, विकास बैंक, जलविद्युुत् र वाणिज्य बैंकहरूमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ ।

अहिले पनि लगानीकर्ताले हतारिएर बजारमा प्रवेश गरिहाल्ने आँट गर्न सकेको देखिएको छैन । तर, करेक्सनपछि बजारले लय समात्न सक्ने देखिएको आकलन विश्लेषकहरूको रहेको छ ।

लामो करेक्सनलाई पार गर्दै नेप्से सकारात्मक बन्न पुुगेको हो । यसले लगानीकर्ताको मनोबललाई उच्च बनाए पनि बढेको बजारमा सेयर खरिद–बिक्री गर्ने लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा बसेका कारण कारोबार रकममा भने सुधार आउन सकेको छैन । बुधबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय १७ कम्पनीको एक करोड २१ लाख कित्ता/इकाइ सेयर खरिद–बिक्री हुुँदा ६ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको छ । 

अरुण भ्यालीको सबैभन्दा बढी अर्थात् २३ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेसनल हाइड्रोपावर कम्पनीको १८ करोड रुपैयाँ, आरएमडिसी लघुुवित्तको १६ करोड रुपैयाँ, हिमालयन डिस्टिलरीको १५ करोड ४८ लाख रुपैयाँको कारोबार 
भएको छ । 

एक दर्जनभन्दा बढी कम्पनीको सेयरमा सकारात्मक सर्किट
एक दर्जनभन्दा बढी कम्पनीको सेयर सकारात्मक सर्किट मूूल्यमा कारोबार भएको छ । अधिकांश फाइनान्स कम्पनीको सेयर सर्किट मूूल्यमा कारोबार भएको हो । प्रिमियर इन्योरेन्स, बेस्ट फाइनान्स कम्पनी, गुुह्येश्वरी मर्चेन्ट फाइनान्स, आइसिएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टी पर्पोज फाइनान्स, सिन्धुु विकास बैंक, रिलायन्स फाइनान्स, युुनिभर्सल पावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावरको मूूल्य १० प्रतिशतले बढेको छ ।  अन्य कम्पनीको पाँचदेखि १० प्रतिशतले सेयर मूूल्य बढेको छ । चारवटा कम्पनीको मात्र सेयर मूूल्यमा गिरावट आएको छ ।

ad
ad