१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १८:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

स्थायी समिति बैठकमा प्रचण्डले भने– भोलिसम्म मन्त्रिपरिषद् विस्तार (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:o४:oo

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार (भोलि) सम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशका कारण ढिलाइ भएको मन्त्रिपरिषद्लाई पूर्णता दिने काम बिहीबारसम्म भइसक्ने बताए। 

पार्टी अध्यक्षले वर्तमान राजनीतिक परिस्थितिको बारेमा पार्टीमा रिपाेर्टिङ गर्दै भोलि बिहीबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिइसक्ने बताएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । ‘अध्यक्षले हालको स्थितिबारे बारेमा बैठकलाई जानकारी गराउनुभयो। सरकार अध्यादेशको कारणले अलि डिले भएको थियो । यो काम करिब करिब सिद्धिएको छ । मेरो विचारमा आज वा भोलिसम्ममा यो सरकारको विस्तारको काम सिद्धिन्छ । यो रिपाेर्टिङ अध्यक्ष कमरेडबाट भएको छ,’ महराले भने। 

बैठकले प्रवासमा पार्टीको कामलाई व्यवस्थित बनाउन प्रवास निर्देशिका पनि पारित गरेको छ । प्रवासको कामलाई व्यवस्थित बनाउन भारतसहित विभिन्न ६ वटा उपक्षेत्रको कामलाई सहज ढंगले अघि बढाउने गरी बैठकले प्रवास निर्देशिका पनि पारित गरेको प्रवक्ता महराले जानकारी दिए । माओवादी केन्द्रले पार्टीको केन्द्रीय कार्यालय सचिवमा डोरप्रसाद पौडेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । 
 

ad
ad