१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

 जडीबुटी संकलनले जनगणना प्रभावित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:४३:oo

मुगुम कार्मारोङ गाउँपालिकाको उच्च हिमाली बस्तीका स्थानीय जडीबुटी टिप्न वनपाखातिर गएपछि राष्ट्रिय अभियान जनगणना प्रभावित भएको छ । चितै, मुगु, डोल्फु, कार्ती, किम्री, महलगायत बस्तीका अधिकांश स्थानीय घरको ढोका नै बन्द गरेर हिमाली वनतिर उक्लिएपछि जनगणना प्रभावित भएको हो । 

अधिकांश स्थानीय कटुकी, भोल्ते, चिराइतो, वनलसुन संकलन गर्न हिमाली वनतिर उक्लिएपछि घरदैलोमा पुगेका गणकलाई घरधुरी विवरण संकलन गर्न गाह्रो भएको जिल्ला जनगणना अधिकारी कृष्णप्रसाद चापागाईंले बताए । ‘मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो बस्तीका स्थानीय जडीबुटी संकलन गर्न वनतिर जाँदा जनगणना कार्य प्रभावित भएको छ,’ जनगणना अधिकारी चौलागाईंले नयाँ पत्रिकासँग भने ।

३० भदौदेखि मुगुमा पहिलो चरणको जनगणना कार्य भइरहेको छ । जनगणनाको निम्ति जिल्लाको चारवटा स्थानीय तहमा पाँच महिला र १५ पुरुष गरी २० जना जनगणक परिचालन गरिएको जिल्ला जनगणना कार्यालयले जनाएको छ ।

ad
ad