१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १९:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चलाई सर्वोच्चकै जवाफः प्रधान न्यायाधीशबाहेकको संवैधानिक इजलास बस्न सक्दैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:o१:oo

संवैधानिक इजलासमा प्रधानन्यायाधीशको भूमिकाबारेको मुद्दामा सर्वोच्च अदालतलते लिखित जवाफ पेस गरेको छ। सर्वोच्चले संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य हुनुपर्ने भन्दै जवाफ पठाएको हो। सर्वोच्च अदालत रजिस्ट्रार नारायणप्रसाद पन्थीले पठाएको लिखित जवाफमा संविधानले नै संवैधानिक इजलासबाट निरूपण हुने भनी तोकेका मुद्दामा अरू इजलासबाट निरूपण हुन नसक्ने र प्रधानन्यायाधीशविना इजलास बस्न नसक्ने भन्दै रिट खारेजीको माग गरिएको छ। 

अधिवक्ता डा. गणेश रेग्मीले दायर गरेको मुद्दामा रजिस्ट्रार पन्थीले लिखित जबाफ पेस गरेका हुन् । जबाफमा न्यायाधीशले इजलासमा बस्ने या नबस्ने विषय विवादको सुनुवाइ गर्ने न्यायाधीश र इजलासको तजबिजी अधिकार भएको जिकिर गरिएको छ।

‘कस्ता विवादको निरूपण हुने भनी तोकिएको अवस्था छ। यसरी संविधानले नै संवैधानिक इजलासबाट निरूपण हने भनी तोकेका मुद्दा एवं निवेदन बृहत् पूर्ण डजलासबाट निरूपण हुन सक्ने अवस्था हुँदैन। अतः उल्लिखित आधार र कारणबाट निवेदकले लिएको जिकिरबमोजिमको आदेश जारी हुने अवस्थाको विद्यमानता नहुँदा निवेदन खारेज गरी पाउन सादर अनुरोध छ,’ जवाफमा भनिएको छ।
 

ad
ad