१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ३ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ३ आइतबार १३:o८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

विकास हाइड्रोको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ३ आइतबार १३:o८:oo

गोरखामा रहेको विकास हाइड्रोपावर कम्पनीले आइपिओ निष्कासनका लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको छ। हाइड्रोपावरले प्रभु क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो। उक्त सम्झौतामा हाइड्रोपावरका प्रबन्ध निर्देशक कृष्ण घिमिरे र प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्ताक्षर गरेका छन्।

गोरखाको धार्चे गाउँपालिकामा माछाखोलामा निर्माणाधीन विकास हाइड्रो ४.५५ मेगावाट क्षमताको आयोजना हो। कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको प्रबन्ध निर्देशक घिमिरेले बताए। कम्पनीले अधिकृत तथा जारी पुँजी ४६ करोड २८ लाख ५० हजारको ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रकमबराबरको १३ लाख ८८ हजार पाँच सय कित्ता  सेयर सर्वसाधारणमा निष्कासनको तयारी गरेको हो।