१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १७:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

१,०६६ कोरोना संक्रमित थपिँदा १,२३४ संक्रमणमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:३o:oo

पछिल्लो २४ घन्टामा कोरोना संक्रमण हुनेको तुलनामा संक्रमणमुक्त हुनेका संख्या बढेको छ। देशभर एक हजार ६६ कोरोना संक्रमित थपिँदा एक हजार २३४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

११ हजार ३८५ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ। पिसिआर परीक्षण गरिएका आठ हजार ५४० मध्ये ८३५ नमुना र एन्टिजेन विधिबाट परीक्षण गरिएका दुई हजार ८१८ मध्ये २३१ नमुनामा कोरोना भाइरस भेटिएको हो।

यो अवधिमा कोरोना भाइरसका कारण १६ जनाले ज्यान गुमाएका छन् । एक लाख ७० हजार ३१७ जनाले कोभिड–१९ को खोप लगाएका बताइएको छ । मन्त्रालयको तथ्यांकअनुसार अब देशभर २५ हजार ८२ सक्रिय संक्रमित छन् ।

ad
ad