मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फोटो
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७८ असोज २ शनिबार १६:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रेड पान्डाकाे छालासहित चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
२०७८ असोज २ शनिबार १६:०९:००

रेड पान्डाकाे छालासहित चारजनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको छ। वीरेन्द्रनगर–८ खजुरास्थित होटेल मानसरोवरको कोठा नम्बर ११५ बाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा कालिकोटको रास्कोट नगरपालिका–८ का मनबहादुर बुढा, ठाँटीकाँध गाउँपालिका–१ का विष्णु रावत, नारायण नगरपालिका–१० का नरेन्द्र थापा र पूर्णबहादुर बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।

‘सूचनाका आधारमा खानतलासी गर्दा खाटको सिरानीमुनि लुकाइछिपाई राखेको कालो रङको हातेझोलाभित्र रातोखैरो रङको रेड पान्डाकाे छाला एक थान, मोबाइल पाँच थान फेला परेको हो,’ उनले भने ।

प्रारम्भिक अनुसन्धानमा चारैजनाले वीरेन्द्रनगरको एक स्थानबाट त्यहाँ ल्याएको र होटेलसम्म ल्याएबापत जनही ५० हजार रुपैयाँ लिइसकेको उनले जानकारी दिए । उनीहरूमाथि प्रहरीले थप कारबाही अघि बढाएको छ ।