मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक ७ आइतबार
  • Sunday, 24 October, 2021
२०७८ असोज १ शुक्रबार १४:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकल चोरी गर्ने एक पक्राउ

Read Time : < 1 मिनेट
२०७८ असोज १ शुक्रबार १४:२५:००

प्रहरीले मोटरसाइकल चोरी गर्ने एकजनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ। ना.५२प १५९८ नम्बरको पल्सर मोटरसाइकल चोरी गर्ने रौतहट यमुनामाई गाउँपालिका– ५ का करिब १९ वर्षीय रूपक झालाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरीले उनलाई जिल्लाको गौर नगरपालिका– ३ बिपी चोकस्थित टिकुलिया पेट्रोल पम्पनजिकबाट चोरीको मोटरसाइकलसहित पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।