मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १ शुक्रबार ०६:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महानगरीय ट्राफिक प्रहरीलाई नाडाको सहयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १ शुक्रबार ०६:००:००

नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसनले महानगरीय ट्राफिक प्रहरीलाई ट्राफिक नियमसम्बन्धी चेतना बढाउने सामग्री हस्तान्तरण गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले त्रिपुरेश्वर चोकमा ट्राफिक जनचेतनासम्बन्धी कार्यक्रम सम्पन्न गर्ने क्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक सञ्जीव शर्मालाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । 

नाडाले १० हजार थान नो हर्न स्टिकर, पाँच हजार थान कोभिड–१९ विरुद्धको मास्क, तपाईंको मास्क खोइ भन्ने चेतनामूलक ब्यानर दुई सय थान र ट्राफिक नियम पालना गरौँ भन्ने ब्यानर दुई सय थान हस्तान्तरण गरेको जनाएको छ । त्यस अवसरमा जनचेतनामूलक स्टिकर तथा पर्चाहरू सवारीसाधन चालकलाई वितरणसमेत गरिएको जनाइएको छ ।

नाडाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमहरू विगतमा पनि सम्पन्न गर्दै आएको जनाएको छ । कार्यक्रममा नाडाका अधिकांश पदाधिकारी उपस्थित रहेको जनाइएको छ ।