१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १३:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तनहुँमा निषेधाज्ञा बढाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:४५:oo

जिल्ला संकट व्यवस्थापन केन्द्र तनहुँले निषेधाज्ञा लम्ब्याएको छ। केन्द्रको बिहीबार बसेको बैठकले आगामी असोज १२ गतेसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको हो। यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ।

कोभिड– १९ को जोखिम अझै कायम रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको केन्द्रका संयोजक एवं निमित्त प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए। निषेधाज्ञा कडाइका साथ पालना गर्न–गराउन सबैमा आग्रह गरिएको छ भने भौतिक रूपमा उपस्थित भई गरिने सभा, सम्मेलन, प्रदर्शन, मेला, जात्रा र महोत्सवमा रोक लगाइएको छ। ‘साधारणसभा, सम्मेलन र अधिवेशन सरकारले कायम गरेको स्वास्थ्य मापदण्ड पालना गरी गर्न सकिनेछ,’ स्थानीय प्रशासनको आदेशमा उल्लेख छ।

विद्यालय र क्याम्पसमा पठनपाठनका लागि विद्यालय सिकाइ सहजीकरण निर्देशिका र कोभिड– १९ संक्रमण जोखिम नियन्त्रण कार्यविधि, २०७८ अनुसार विद्यालय व्यवस्थापन समितिको सिफारिसका आधारमा स्थानीय तहको निर्णयअनुसार गराउन सकिने आदेशमा भनिएको छ। पार्टी प्यालेस सञ्चालन गर्न स्वास्थ्य मापदण्डको पालना गरी कुल क्षमताको ५० प्रतिशत नबढ्ने गरी साँझ ६ बजेसम्म अनुमति दिइएको छ।

ad
ad