मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका हेटाैंडा
Invalid date format १o:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमती प्रदेश प्रहरी प्रमुखलाई आन्तरिक मामिलामन्त्री शाक्यको निर्देशन– अपराध न्यूनीकरणमा ध्यान दिनुहोस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, हेटाैंडा
नयाँ पत्रिका
Invalid date format १o:३४:oo

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. अजयक्रान्ति शाक्यले प्रदेश प्रहरी प्रमुखलाई अपराध न्यूनीकरणमा ध्यान दिन निर्देशन दिएका छन्। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रस्तुत गरेकाे ०७८ सम्मको वस्तुस्थिति प्रतिवेदन  बुझ्दै  उनले यस्तो बताएका हुन्।

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी प्रकाशजंग कार्कीको नेतृत्वमा बागमती प्रदेशका एसपी नवराज अधिकारी र अर्का एसपी ईश्वर थापाले बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. शाक्यसमक्ष प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रतिवेदन प्रस्तुतपछि सम्बाेधन गर्दै मन्त्री शाक्यले भौतिक संरचनाले सुसज्जित हुँदैमा अपराधमा कमी नआउने भन्दै अपराध मानिसको मानसिकतासँग, मानिसको व्यवहारसँग र वातावरणसँग निर्भर हुने कुरा भएको बताए।

 ‘मानसिक रूपमै चेतनशील, विवेकशील, करुणा र मैत्री भावनाले भरिपूर्ण अब्बल नागरिक बनाउन सबै लाग्नुपर्छ,’ मन्त्री शाक्यले भने, ‘त्यसो भयो भने मात्रै सुखी नेपालीको अभियान सफल हुनेछ ।’ 

मन्त्री शाक्यले आन्तरिक ममिला मन्त्रालयले आगामी दिनमा बजेट निर्माण गर्दा प्रदेश प्रहरीसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दै अपराध न्यूनीकरण गर्ने र आदर्श समाज निर्माण गर्ने सन्दर्भमा प्रहरीलाई आवश्यक सहयोग गर्ने बताएका थिए। 

‘नैतिक शिक्षा र नागरिक चेतना अभिवृद्धि गर्ने शिक्षा विद्यालयस्तरदेखि नै पढाउने सिकाउने गर्नुपर्दछ,’ मन्त्री शाक्यले भने, ‘नैतिक आचरण राम्रो भयो र मेरो कारणले अरुलाई दुःख–अप्ठ्यारो हुनु–दिनुहुँदैन भन्ने भावना, आचरण र व्यवहार अभिवृद्धि गर्न सकियो भयो भने मात्रै समाजमा अपराध, विकृतिजन्य व्यवहारजस्ता कुराहरू आफैँ कम भएर जान्छन् ।’

उनले स्रोत–साधनको पर्याप्तता नभए पनि भएको स्रोत–साधन उपयोग गरेर अपराध न्यूनीकरण गर्न, दुर्घटना न्यूनीकरण गर्न र कानुन कार्यान्वयन गर्न प्रदेश प्रहरीलाई निर्देशन दिए।