
बैंक अफ काठमाण्डू लिमिटेडले भक्तपुर अस्पताललाई विभिन्न सामग्री सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एक सय ५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई), एक सय ५० प्याकेट मास्क र एक सय ५० प्याकेट मेडिकल पन्जा हस्तान्तरण गरेको हो ।
बैंकका बिजनेस हेड थमनबहादुर खत्रीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमलाई सामग्री हस्तान्तरण गरेको जनाइएको छ । उक्त व्यक्तिगत सुरक्षात्मक उपकरणहरूले विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ को प्रकोपबाट सिर्जित कठिन परिस्थितिमा सीमित स्रोतसाधनका बीच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका भक्तपुर अस्पतालका स्वास्थ्यकर्मीको सुरक्षामा सहयोग पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ । बैंकले हाल देशभरमा ९० शाखा, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।