Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २२ मंगलबार १८:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदीय दलको बैठकमा देउवाले भने– विकासविरोधीले एमसिसीको विरोध गरे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २२ मंगलबार १८:५६:००

नेपाली कांग्रेस संसदीय दलको बैठकमा एमसिसीबारे चर्को बहस भएको छ। बुधबार बस्ने संसद् अधिवेशनको तयारीका लागि मंगलबार कांग्रेस संसदीय दलको बैठक बसेको थियो। बैठकमा सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नेपालमा विकासविरोधीहरूले एमसिसीबारे अनावश्यक भ्रम फैलाएको बताएका थिए।

संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा सहभागी एक सांसदका अनुसार एमसिसी ल्याउने सन्दर्भमा सबै दलका नेताहरू सहभागी भएको भन्दै देउवाले आफूलाई मात्र दोष दिन खोजिएको बताएका थिए।

‘एमसिसीले कति मुलुकले प्रगति गरिसके, यहाँ भने विकासविरोधीले भ्रम मात्रै फैलाए,’ देउवाको भनाइ उद्धृत गर्दै ती सांसदले नयाँ पत्रिकासँग भने।

यसका साथै बैठकमा मन्त्रिमण्डल समावेशी बनाउने, गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति र सरकारको कार्यशैली र संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको थियो। 
बैठकमा सहभागीमध्ये सांसद गगन थापाले सरकारका गतिविधिका कारण पार्टीको आलोचना सुरु भएको भन्दै सरकारको आलोचना गरेका थिए। 

‘ओली सरकारले तीन वर्षमा के गरे भन्ने प्रश्न महत्वपूर्ण होइन, कांग्रेस नेतृत्वको सरकारले १७ महिनामा के गर्छ भन्ने महत्वपूर्ण हो। सरकारका कारण पार्टीको आलोचना बढ्यो,’ थापाको भनाइ उद्धृत गर्दै ती सांसदले भने।