१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
कमल खत्री म्याग्दी
२o८१ बैशाख ३० आइतबार o८:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बाढीले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतगृह बगायो

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:४७:oo

धवलागिरि गाउँपालिका–२ मा रहेको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतगृह  बाढीले बगाएको छ । आइतबार राति अविरल वर्षासँगै आएको बाढीले ४५ किलोवाट क्षमताको लघुजलविद्युत्को विद्युतगृह  बगाएको हो ।

वर्षासँगै नदीको तटीय क्षेत्रमा गएको पहिरो र बाढीका कारण लघुजलविद्युत् परियोजना बगाउँदा करिब एक करोड ५० लाख बढीको क्षति भएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिइन् । दुई वर्षअघि पुनर्निर्माण गरिएको परियोजनाबाट ३७८ घरधुरीले विद्युत् सेवा उपभोग गर्दै आएका थिए ।

मध्यरातमा अविरल वर्षासँगै आएको बाढीले विद्युत्गृहको भवनलगायतका महत्वपूर्ण सामान बगाएको छ । बाढीले परियोजनाको बाँध र नहरमा समेत ठूलो क्षति पुर्‍याएको छ । लघुजलविद्युत्को विद्युतगृह  बगाएपछि स्थानीय बस्ती अन्धकार बनेको लुलाङ आधारभूत विद्यालयका प्रधानध्यापक नागेन्द्र ठाकुरले जानकारी दिए ।

०७२ साउनमा जुगेपानीमा आएको पहिरोले विद्युत्गृह र नहर बगाएर बन्द भएको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना दुई वर्षअघि एक करोड ५२ लाख रुपैयाँको लागतमा पुनर्निर्माण भएको थियो । 

 

ad
ad