मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १६ बुधबार
  • Tuesday, 01 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १६ बुधबार १४:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं उपत्यकामा विद्यालयबाहेक सबै चल्न पाउने (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १६ बुधबार १४:३१:oo

भोलिदेखि काठमाडौं उपत्यकामा विद्यालयबाहेकका सबै गतिविधि सञ्चालन गर्न पाइने भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बुधबार बसेको बैठकले निषेधाज्ञा खुकुलो पार्दै स्कुलबाहेक सबै क्षेत्र सञ्चालन गर्ने गरी निर्णय गरेको हो।

भदौ १७ गतेदेखि उपत्यकाका सबैखाले निजी र सरकारी कार्यालय तथा व्यवसायहरू सञ्चालन गर्न पाइनेछ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले संक्रमितको संख्या घटेकाले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी निषेधाज्ञा खुकुलो पारिएको जानकारी दिए। उनले भने, ‘अहिले कोरोना संक्रमितको संख्या घटेको छ, त्यसैले कडाइ गर्नुपर्ने अवस्था भएन, अब स्कुलबाहेक स्वास्थ्य मापदण्ड अपनाएर सबै क्षेत्र खुला हुनेछन् ।’ 

त्यस्तै जात्रा पर्वहरूमा भिडभाड गर्न नपाइने, चाडवाड मनाउँदा कोभिड स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र भिडभाड गर्न नहुने, सार्वजनिक तथा निजी संघसंस्थाहरूले गतिविधि र कार्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेछ। त्यस्तै, स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ।

सार्वजनिक र निजी ढुवानीको हकमा राति ९ बजेदेखि बिहान ५ बजेसम्मको समय तोकिएको छ। त्यस्तै कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरू घरमै बस्ने र पिसिआर गरेपछि बाहिर निस्कनुपर्नेछ। प्रशासनले कोभिडको समयमा सहर-बजार सामान्य अवस्थामा सञ्चालन गरे तापनि प्रहरीलाई नियमित अनुगमन गर्न निर्देशन पनि दिएको छ।