१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १६ बुधबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १६ बुधबार १३:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘छुट्टाछुट्टै बैठक क्यान्सिल गरौँ, पार्टी बचाउन लागिपरौँ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १६ बुधबार १३:५२:oo

विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक मिलन पाण्डेले अध्यक्ष रविन्द्र मिश्रलाई छुट्टाछुट्टै बोलाएको केन्द्रीय समिति बैठक क्यान्सिल गरेर पारदर्शी छलफलमा आउन आग्रह गरेका छन्। बिहीबार इमेलमार्फत पत्र लेख्दै उनले अध्यक्ष मिश्रलाई यस्तो आग्रह गरेका हुन् । विवेकशीलमा अध्यक्ष मिश्र र संयोजक पाण्डेले छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बोलाएपछि विवेकशीलभित्रको विवाद सतहमा आएको थियो। 

पाण्डेले मिश्रलाई अन्तिम आग्रहका रूपमा पत्र पठाएको उल्लेख गरेका छन्। उनल पत्रमार्फत आफूले पटकपटक संयुक्त रूपमा बैठक बोलाउन आग्रह गर्दा मिश्रले बेवास्ता गर्दा यस्तो अवश्था आएको गुनासो गरेका छन्। 

‘केन्द्रीय सदस्यज्यूहरूलाई साक्षी राखेर पुनः त्यही प्रस्ताव गर्न चाहन्छु। रविन्द्रजी, हामी दुवैले आफ्नो बैठक क्यान्सिल गरौँ। एक हप्ताभित्रमा केन्द्रीय समितिको हामी दुवैका एजेन्डासहित भौतिक बैठक बसौँ। पारदर्शी छलफल गरौँ,’ पत्रमा भनिएको छ।