१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o७:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

जिम्बाबेका सिकन्दरले विराटनगरबाट इपिएल खेल्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:२८:oo

जिम्बाबेका अलराउन्डर सिकन्दर राजाले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । जिम्बाबेली राष्ट्रिय टोलीका कप्तानसमेत रहेका सिकन्दरले विराटनगर वारियर्सबाट प्रतिस्पर्धा गर्न लागेको इपिएलले जनाएको छ । विराटनगरले सामाजिक सञ्जालमार्फत जिम्बाबेका सिकन्दरलाई अनुबन्ध गरेको जनाएको छ । यसअघि चितवन र काठमाडौं किंग्स इलाभेनले पनि चर्चित विदेशी खेलाडी अनुबन्ध गरेका थिए । 

विराटनगरले पहिलो विदेशी खेलाडीका रूपमा सिकन्दरलाई अनुबन्ध गरेको हो । जिम्बावेबाट सिकन्दरले तीनवटै फम्र्याटमा प्रतिस्पर्धा गरिरहेका छन् । उनले सन् २०१३ मा पाकिस्तानविरुद्ध टेस्ट, सन् २०१३ मै बंगलादेशविरुद्ध एकदिवसीय तथा सोही वर्ष बंगलादेशविरुद्ध टी–२० खेलमा डेब्यू गरेका हुन् । सिकन्दरले १७ टेस्टमा एक हजार एक सय ८७ रन बनाएका छन् । उनले यी खेलमा एक शतक तथा आठ अर्धशतकीय इनिङ्स खेलेका छन् । सिकन्दरले टेस्टमा ३४ विकेट हात पारेका छन् । उनले एक सय पाँच एकदिवसीय खेलमा दुई हजार नौ सय ४३ रन जोड्नुका साथै ६२ विकेट लिएका छन् । एक दिवसीय खेलमा उनको उच्च रन एक सय ४१ हो । यस खेलमा उनले तीन शतक तथा १७ अर्धशतकीय इनिङ्स खेलेका छन् । 

४२ अन्तर्राष्ट्रिय टी–२० खेलमा सिकन्दरले पाँच सय २४ रन बनाउनुका साथै १३ विकेट हात पारेका छन् । जिम्बाबेका लागि उनले एक सय ८० लिस्ट ए तथा ६१ पहिलो श्रेणी खेल खेलेका छन् । लिस्ट एमा उनले एक सय १२ विकेट तथा पहिलो श्रेणीमा ६५ विकेट लिए । चौथो संस्करणको इपिएल ९ देखि २३ असोजसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ । 

प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र नेपाल क्रिकेट संघ (क्यान)ले मान्यता दिएको छ । साविक विजेता ललितपुर प्याट्रियट्सँगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारियर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

इपिएलको सहप्रायोजक लाइफस्टाइल ब्रान्ड सेभेन
यसैबीच भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीको लगानीमा रहेको लाइफस्टाइल ब्रान्ड सेभेनले इपिएलमा सहप्रायोजकका रूपमा साथ दिँदै छ । धोनीको कम्पनी सेभेनले इपिएलमा सहभागी खेलाडीहरूको पोसाक र किट मर्केन्डाइजलगायतमा लगानी गर्ने भएको जनाएको छ । इपिएलका खेलाडीले इन्डियन प्रिमियर लिग (आइपिएल)कै गुणस्तरबराबरको पोसाक लगाएर खेल्ने भएका छन् । इपिएलमा सहभागी ६ टोलीलाई सेभेन कम्पनीले म्याच डे पोसाक, प्रशिक्षण किट्स, जिमको पोसाक, व्यक्तिगत ब्याग प्याक, टाबेललगायतको मर्केन्डाइज उपलब्ध गराउनेछ ।

ad
ad