१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o६:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

घरेलु तथा साना उद्योग महासंघ सामाजिक सुरक्षा कार्यक्रममा जाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:३२:oo

नेपाल घरेलु तथा साना उद्योग महासंघ सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न सहमत भएको छ । महासंघले नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सँग सोमबार महासंघको सचिवालयमा गरेको छलफलपछि अध्यक्ष श्याम गिरीले सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने विषयमा महासंघ प्रतिबद्ध रहेको बताएका हुन् । 

उद्योगमा काम गर्ने कामदारको सुरक्षा महासंघको प्रमुख प्राथमिकता रहेको भन्दै उनले उद्योगमा कार्यरत श्रमिकसँगको सम्बन्धलाई महासंघले सधैँ उच्च प्राथमिकतामा राख्दै आएको बताए । यो कार्यक्रमको अवधारणा महासंघले वर्षौँदेखि उठाउँदै आएको उनको भनाइ थियो । अध्यक्ष गिरीले भने, ‘तर, घोषणा गर्ने क्रममा अर्थ मन्त्रालयले उद्योगीहरूमा केही भ्रम पैदा गरेको हुनाले अलमल भएको हो ।’

कार्यक्रममा जिफन्ट बागमती प्रदेश संगठन कमिटीले सामाजिक सुरक्षा कार्यान्वयनसम्बन्धी ध्यानाकर्षणपत्र महासंघलाई बुझाएको थियो । ध्यानाकर्षणपत्र महासंघलाई बुझाउँदै जिफन्ट बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष रामहरि नेपालले न्यून पारिश्रमिकमा अधिकतम उत्पादकत्व सम्भव नभएको भन्दै निश्चिन्त भएर काम गर्ने वातावरण निर्माण गरिनुपर्ने बताए । 

नेपाल सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा घोषणा समारोहमा नेपालका सबै उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, ट्रेड युनियन महासंघ तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को समेत सहभागिता रहेको जानकारी दिँदै उनले नेपालका उद्योग व्यवसायीका प्रतिनिधिहरूले कोषको कार्यान्वयन गर्ने प्रतिबद्धताका साथै कोषको सञ्चालक समितिमा समेत रहेको बताए । 

ad
ad