१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १८:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

१२ कक्षाका परीक्षार्थीका लागि तुरुन्त खोपको व्यवस्था गर्न सरकारलाई निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:५१:oo

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ का परीक्षार्थीहरूका लागि तुरुन्त खोपको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार बसेको समितिको बैठकले कक्षा १२ का परीक्षार्थीका लागि कोभिड– १९ विरुद्धको खोपको तुरुन्त व्यवस्थापन गरी परीक्षाको वातावरण बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो।

‘शिक्षा मन्त्रालयलाई तुरुन्तै व्यवस्था गरेर अगाडि बढ्न हामीले भनिसक्यौँ। स्वास्थ्य मन्त्रालयले गर्ने कामचाहिँ खोपको व्यवस्थापन कति दिनभित्र गर्न सक्नुहुन्छ त्यो व्यवस्था गरेर तुरुन्तै परीक्षाको लागि वातावरण बनाइदिनुपर्‍याे । खोपको व्यवस्था स्वास्थ्य कार्यालयले छिटो गरोस् भन्ने म निर्देशन दिन चाहान्छु,’ समितिकी सभापति जयपुरी घर्तीले भनिन्।

बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जापान सरकारले दिएको खोप स्टक रहेको भन्दै सोही खोप कक्षा १२ का परीक्षार्थीहरूलाई उपलब्ध गराउन सुरु गरिसकेको जानकारी गराए । उनले हुम्ला, जुम्ला, मुगु, मुस्ताङ, मनाङ जस्ता जनसंख्या कम भएका ग्रामीण भेग र काठमाडौं उपत्यका, झापा, मोरङ, सुनसरी, प्रदेश २ लगायतका जनसंख्या बढी भएका स्थानहरूलाई खोपको प्राथमिकतामा राखिएको स्पष्ट पारेका छन्।

ad
ad