मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ ८ मंगलबार
  • Monday, 10 August, 2026
२o७८ भदौ ८ मंगलबार o६:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत भेटियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ ८ मंगलबार o६:१५:oo

चितवन राष्ट्रिय निकुञ्जमा सोमबार भाले गैँडा मृत अवस्थामा भेटिएको छ । करिब  आठदेखि १० वर्षको गैँडा दलदल तथा भासमा परी मृत्यु भएको अनुमान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको पश्चिमी सेक्टरमातहत कोर इलाकामा पर्ने कोलकत्ता टापुको कधी सोहारा भन्ने क्षेत्रको नारायणी नदीको बाहिरी भंगलाको दक्षिण किनारको भास क्षेत्रमा गैँडा फेला परेको थियो ।

अधिकारीका अनुसार उक्त गैँडाको  खाग, खुर सुरक्षित रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा यस आर्थिक वर्षमा योसँगै सात गैँडाको मृत्यु भएको भएको छ  भने सोमध्ये एक चोरी–सिकार र अन्य ६ प्राकृतिक कारण मरेका छन् ।


जसमध्ये पाँचवटा गैँडा प्राकृतिक कारणले मरेका हुन् भने एउटा गैँडा चोरी–सिकारीका कारण मरेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए । अहिले पक्राउ परेका र प्रतिवादीका रूपमा रहेकामध्ये केही विभिन्न घटनामा जेल सजाय भोगेका छन् ।