१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

इजरायल र नेपालका दुई विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

अनुसन्धानमूलक र नवीनतम शिक्षाका लागि ठूलो उपलब्धी : राजदूत शाक्य  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:४८:oo

नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र इजरायलको सबैभन्दा ठूलो विश्वविद्यालय तेलअभिभ विश्वविद्यालयबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल/इजरायलबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा हुँदै आएको आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले यी दुई विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा. अञ्जान शाक्यको जानकारी दिइन् ।

इजरायलको तेलअभिभ विश्वविद्यालय परिसरमा आयोजित संक्षिप्त कार्यक्रमबीच भएको उक्त समझदारीपत्रमा नेपालको तर्फबाट त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रोफेसर डाक्टर शिवलाल भुसाल र  इजरायलको तर्फबाट तेल तेलअभिभ विश्वविद्यालयकी उपकुलपति प्रा. मिलेट समिरले भर्चुअल माध्यमबाट हस्ताक्षर गरेको शाक्यले जानकारी दिइन् । 

‘कूटनीतिक सम्बन्धको ६ दशक पूरा हुँदासम्म दुई देशबीच सदैव अटुट र सुमधुर रहिआएको सम्बन्ध पछिल्ला दिनहरूमा विभिन्न क्षेत्रमा विस्तार हुँदै गएकोमा खुसी लागेको छ,’ शाक्यले भने, ‘समझदारीपत्रमा हस्ताक्षरसँगै  अनुसन्धानमूलक, आधुनिक र नवीनतम शिक्षाका लागि ठूलो उपलब्धि हुने अपेक्षा लिएका छौँ । यो सम्झौताले दुई विश्वविद्यालय र अन्तर्गतका संकाय–विभागबीच आपसमा अध्ययन–अनुसन्धानमा पनि ठूलो सहयोग पुग्नेछ ।’ 

त्रिभूवन विश्वविद्यालयका रेक्टर भुसालले मुख्य गरेर विपत् व्यवस्थापनको क्षेत्रमा त्यहाँको विश्वविद्यालयका विज्ञ र यहाँका विश्वविद्यालयका विज्ञहरूबीच अनुभवन आदान–प्रदानमा सहज हुने अपेक्षा लिएको जानकारी दिए ।  ‘इजरायलका लागि नेपालका राजदूतज्यूको विशेष सक्रियतामा हामीले यो सम्झौता गरेका हौँ,’ भुसालले भने, ‘यो सम्झौताले अनुसन्धानमूलक, आधुनिक र नवीनतम शिक्षाका साथै विपत् व्यवस्थापनको क्षेत्रमा यहाँका प्राध्यापक, विद्यार्थी र उहाँका पनि प्राध्यापक विद्यार्थीबीच अनुभव आदान–प्रदानमा थप सफलता प्राप्त गर्न सहयोग पुग्नेछ । यो सकारात्मक काम हो ।’ 

सोही अवसरमा नेपालको त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पुल्चोक इन्जिनियरिङ क्याम्पस र तेलअभिभ विश्वविद्यालयको विपत् व्यवस्थापन विभागबीच यसअघि नै भर्चुअल माध्यमबाट हस्ताक्षर भइसकेको समझदारीपत्रसमेत प्रकाशित गरिएको थियो । समझदारीपत्रमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका निर्देशक जगतकुमार श्रेष्ठ र तेलअभिभ विश्वविद्यालयको विपत् व्यवस्थापन विभागका प्रमुख डा. ब्रुरिया एडिनीले हस्ताक्षर गरेका थिए । 

ad
ad