१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १८:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चुनौती स्वीकार गरेर आएको छु, देश र जनतालाई निराश बनाउँदिनँ : कुलमान घिसिङ (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:१२:oo

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले ठूलो चुनौतीसहित जिम्मेवारीमा आएको बताएका छन्। बुधबार प्राधिकरणको कार्यालय पुगेर पदभार ग्रहण गरेका उनले सरकारले दिएको निर्देशन अनुसार नेपालको ऊर्जा क्षेत्रको हाईटलाई अझै माथि उठाउने गरी काम गर्ने प्रतिवद्धता जनाए। उनले आफूले ठूलो चुनौति मोलेर प्राधिकरणको दोस्रो कार्यकालको जिम्मेवारी लिएको उल्लेख गर्दै कसैको टिकाटिप्पणी नगरी काम गर्ने पनि बताए। 

बुधबार प्राधिकरणको कार्यालय पुगेर पदभार ग्रहण गरेपछि पत्रकारहरूसँग संक्षित कुरा गर्दै घिसिङले देश र जनतालाई निराश नबनाउने गरी काम गर्ने बताएका छन्। सरकारले दिएको निर्देशनअनुसार आफूले काम गर्ने उनको भनाइ छ। सरकारले दिएको निर्देशनअनुसार नेपालको ऊर्जा क्षेत्रको हाइटलाई अझै माथि उठाउने गरी काम गर्ने प्रतिबद्धता जनाए। 

आमजनताको अपेक्षाको सम्मान गर्दै सरकारले आफूलाई फेरि जिम्मेवारी दिएको उनको भनाइ छ  उनले भने, ‘सरकारले दिएको जिम्मेवारी, ऊर्जामन्त्री पम्फा भुसालले दिनुभएको निर्देशनअनुसार नेपालको ऊर्जा क्षेत्रलाई अझ हाइटमा लाने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। मैले गर्ने भनेको सरकारको कार्ययोजना हो। त्यही कार्ययोजनालाई अघि बढाउने हो। सरकारको जुन निर्देशन छ, त्यसलाई अघि बढाउने हो । धेरै अगाडि बढनुपर्नेछ।’

घिसिङले प्राधिकरणको कामलाई जनताको अपेक्षाअनुसार अघि बढाउन नयाँ गतिका साथ काम गर्न पनि मातहतका कर्मचारीलाई आग्रह गरे । उनले आफ्नो पहिलो प्राथमिकता सेवाग्राहीको गुनासोलाई तत्काल सम्बोधन गर्ने रहेको पनि स्पष्ट पारे । सुशासन र गुणस्तरीय सेवाका लागि प्राधिकरणलाई प्रविधिमय बनाउँदै लैजाने उनको योजना छ। घिसिङले हितेन्द्र शाक्यलाई पनि सरकारले ऊर्जा आयोगका लगेर सम्मान गरेको बताए। 

ad
ad