मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २४ आइतबार १८:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोना र बाढीपहिरोपीडितलाई राहत र पुनर्स्थापना प्याकेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २४ आइतबार १८:१५:००

सरकारले कोभिड– १९ तथा बाढीपहिरोपीडितका लागि राहत दिने भएको छ । आइतबार सार्वजनिक सरकारका न्यूनतम साझा कार्यक्रममार्फत कोभिड– १९, बाढीपहिरो तथा अन्य विपतपीडित परिवारलाई उद्धार तथा राहत प्रदान गर्ने घोषणा गरिएको हो। 

सत्तागठबन्धनका तर्फबाट ल्याइएको साझा कार्यक्रममा प्रभावित र विस्थापितहरूको पुनर्स्थापना गर्ने तथा विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई प्रभावकारी पार्ने, सहिद तथा बेपत्ता परिवार र द्वन्द्वपीडित एवं विस्थापितलाई राहत, पुनर्स्थापनाको व्यवस्था मिलाउने उल्लेख गरिएको छ।

त्यस्तै, विभिन्न आन्दोलनमा घाइते भई उपचार नपाएकाहरूको यथोचित उपचारको व्यवस्था गर्ने, अंगभंग भएकाहरूलाई क्षतिपूर्ति र परिवारका कम्तीमा एकजना सदस्यलाई रोजगारीको व्यवस्था गर्नेलगायतका विषयसमेत साझा कार्यक्रममा समेटिएका छन् ।