१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख १९ बुधबार १७:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पुनर्निर्माणका बाँकी काम निर्धारित समयमै टुंग्याउन सरकारलाई निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:५६:oo

विकास तथा प्रविधि समितिले पुनर्निर्माण हुन बाँकी रहेका कार्यहरू निर्धारित समयभित्रै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समिति बैठकले पुनर्निर्माण हुन बाँकी रहेका कार्यहरू निर्धारित समयभित्रै सम्पन्न गर्न र बजेटको कार्यअघि बढाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले ०७२ को महाभूकम्पबाट क्षति भएका राष्ट्रिय सम्पदा तथा पूर्वाधारहरू पुनर्निर्माण गर्ने जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट पुनर्निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिएको छ । समितिको निर्देशन सुनाउँदै समितिका सचिव ओमबहादुर कार्कीले पुनर्निर्माण गरिएका संरचनाहरूको संरक्षण दिगोपना, उपभोग एवं मर्मतसम्भारको स्राेत सुनिश्चितताको आवश्यक व्यवस्थापन मिलाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय पुनर्निर्माण कार्यालयलाई समितिले निर्देशन दिएको बताए ।

उनले भने, ‘समितिले सम्पन्न हुन बाँकी रहेका पुनर्निर्माणका कार्यहरू निर्धारित समयभित्रै सम्पन्न गर्न आवश्यक जनशक्ति र बजेटको व्यवस्थापनको कार्य तत्काल अगाडि बढाउन यो समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई निर्देशन दिन्छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण गरिएका संरचनाहरूको संरक्षण दिगोपना, उपभोग एवं मर्मतसम्भारको स्राेत सुश्चिततातर्फ सम्बन्धित निकायहरूको ध्यान जान जरुरी छ । यसको आवश्यक व्यवस्थापन मिलाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय पुनर्निर्माण कार्यालयलाई निर्देशन दिन्छ ।’

ad
ad