१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २० बिहीबार १५:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गाैला प्रत्यारोपण सफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:१८:oo

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गाैला प्रत्यारोपण सफल भएको छ । भारतस्थित अपोलो हस्पिटलमा खनालको सफल मिर्गाैला प्रत्यारोपण गरिएको हो ।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईले एक प्रेस नोट जारी गर्दै यसको जानकारी दिएका छन् । उक्त नोटमा भनिएको छ, ‘आज सर्जन डा. मिर्गाैला सन्दीप गुलेरिया नेतृत्वको टिमले पूर्वप्रधानमन्त्रीज्यूको मिर्गाैला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ। अब उहाँ केही समय अस्पतालमै आराम गर्नुहुनेछ र आराम भएपश्चात् नेपाल फर्किनुहुनेछ । यसैबीच उहाँको स्वास्थ्यप्रति चिन्ता र चासो राख्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै यो सूचना सम्प्रेषण गर्दछु।’ 

ad
ad