१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार ११:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पेस्तोलसहित भारतीय नागरिक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:५३:oo

दाङमा अत्याधुनिक हतियार पेस्तोलसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने दुई थान म्याग्जिन र दुई राउन्ड गोलीसहित उनीहरूलाई सोमबार साँझ पाँच बजेतिर पक्राउ गरिएको हो ।  

पूर्व–पश्चिम राजमार्गस्थित दाङको गढवा गाउँपालिका– १ जुरौलीमा शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा भारतको सिद्धार्थनगर पञ्चायत वडा नं. ३ निवासी २२ वर्षीय करमुल्लाह आमिर र भारतकै सिद्धार्थनगर ८ निवासी १९ वर्षीय राजा खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । 

प्रहरीका अनुसार जिल्लामा पेस्तोल बिक्री–वितरण गर्दै आएको भन्ने सूचना आएपछि खोजतलास गर्दा उनीहरू पक्राउ परेका हुन् । कहाँ लैजान लागेको, कहाँबाट ल्याएकोलगायतका विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 
 

ad
ad