१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १८:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दशौँ महाधिवेशनको बहस आरम्भ गर्दै एमाले, २२ साउनबाट विधानमा खुला छलफल, नौ विभागमा को–को ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:५९:oo

प्रमुख विपक्षी दल एमालेले दशौँ महाधिवेशनलाई लक्षित गर्दै पार्टीको नेतृत्व र केन्द्रदेखि स्थानीय तहसम्मको सांगठनिक ढाँचा तथा संरचनाबारे पार्टी विधानमा २२ साउनबाट खुला छलफल सुरु गर्ने भएको छ ।  स्थायी समितिको सोमबारको बैठकले २२ साउनबाट पार्टीको विधानबारे खुला छलफल आरम्भ गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 

एमालेले २७ र २८ भदौमा विधान महाधिवेशन गर्ने निर्णय यसअघि नै गरेको थियो । ‘विधान कस्तो बनाउने भन्नेबारे छलफल गर्नेछौँ । पार्टी निर्माण र संगठनको काममा केन्द्रित भएका साथीहरूका बीचमा २२ साउनमा अनौपचारिक खुला छलफल राख्नेछौँ,’ बैठकको निर्णय जानकारी गराउँदै ज्ञवालीले भने, ‘२४ साउनमा बस्ने केन्द्रीय कमिटी बैठकबाट विधान संशोधन प्रस्ताव मस्यौदा पास गरेर छलफलका लागि जिल्ला कमिटीहरूमा पठाइनेछ ।’ 

उनले नवौँ महाधिवेशन हुँदा मुलुकमा संघीय प्रणाली लागू नभइसकेकाले परिवर्तित परिस्थितिलाई समेत मध्यनजर गर्दै केन्द्रमा पदाधिकारीदेखि स्थानीय तहसम्मका सांगठनिक संरचनाहरूमा केन्द्रित रहेर विधान महाधिवेशनमा छलफल हुने जानकारी दिए ।

बैठकले महाधिवेशन तयारीको कामलाई गति दिन नौवटा केन्द्रीय विभाग पनि गठन गरेको छ । जसअनुसार उपमहासचिव विष्णु पौडेलको नेतृत्वमा १४ सदस्यीय संगठन विभाग, सुवास नेम्वाङको नेतृत्वमा १४ सदस्यीय संसदीय विभाग, विष्णु रिमालको नेतृत्वमा दुई सदस्यीय आर्थिक विभाग गठन भएको छ । 

त्यस्तै, प्रदीप ज्ञवालीको नेतृत्वमा १५ सदस्यीय प्रचार विभाग, भानुभक्त ढकालको नेतृत्वमा १५ सदस्यीय पयर्टन प्रवद्र्धन विभाग, अध्यक्ष केपी ओलीको नेतृत्वमा ११ सदस्यीय पार्टी स्कुल विभाग, डा. राजन भट्टराईको नेतृत्वमा १४ सदस्यीय विदेश विभाग, अग्नि खरेलको नेतृत्वमा ६ सदस्यीय निर्वाचन विभाग र देवेन्द्र दाहालको नेतृत्वमा १४ सदस्यीय स्थानीय तह विभाग गठन भएको पनि ज्ञवालीले जानकारी दिए ।

ad
ad