१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख ३१ सोमबार २२:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

ए डिभिजन लिग फुटबल कात्तिक अन्तिम सातादेखि

Read Time : < 1 मिनेट
रासस काठमाडौं
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार २२:४३:oo

सहिद स्मारक ए डिभिजन लिग कात्तिक अन्तिम सातादेखि सञ्चालन हुने भएको छ । सो प्रतियोगिता आगामी कात्तिक २९ गतेदेखि गर्ने निर्णय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । 

एन्फा र लिगमा सहभागी हुने १४ क्लबका प्रतिनिधिबीच आइतबार भएको बैठकले लिगको समय परिवर्तन गर्ने निर्णय गरेको हो । यसअघि ए डिभिजन लिग असोज ३ गतेदेखि तय भएको थियो । साफ च्याम्पियनसिप आगामी असोज तेस्रो साता आयोजना हुने भएकाले लिग ढिला गर्नुपरेको एन्फाले जनाएको छ । 

यसपटक लिग विजेताले ७५ लाख पुरस्कार प्राप्त गर्नेछ । यसअघि विजेताले ५० लाख पाउने गरेको थियो । 

यस्तै, लिग उपविजेताले ५० लाख पुरस्कार प्राप्त गर्नेछ । यसअघि उपविजेतालाई २५ लाख दिइने गरिएको थियो । 

तेस्रो हुने टोलीले २५ लाख पुरस्कार प्राप्त गर्नेछ । ए डिभिजन लिगमा सहभागी हुने प्रत्येक क्लबलाई प्रतियोगिताको तयारीका लागि २० लाख उपलब्ध गराउने एन्फाले जनाएको छ । 

लिगको अंकतालिकाको पुछारमा रहने दुई टोली बी डिभिजनमा घटुवा हुनेछन् । लिगका लागि खेलाडीको दर्ता प्रक्रियाको थालनी भइसकेको छ । 

लिगमा सहभागी हुने १४ वटै क्लबले खेलाडीलाई अनुबन्ध गर्ने काम गरिरहेका छन् । 

ad
ad