Skip This
कांग्रेस क्रियाशील सदस्यता विवाद अब ४ प्रतिशत मात्रै !
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ श्रावण १४ बिहीबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १४ बिहीबार १८:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस क्रियाशील सदस्यता विवाद अब ४ प्रतिशत मात्रै !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १४ बिहीबार १८:o९:oo

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले त्रुटि सच्याएर प्रतिवेदन बुझाएको छ। हिजो बसेको कांग्रेस पदाधिकारी बैठकले छानबिन समितिलाई प्रतिवेदन बुझाउन २४ घन्टाको समय दिएको थियो।

पार्टी सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा समितिले प्रतिवेदन बुझाएको हो।

समितिले क्रियाशील सदस्यताको ९६ प्रतिशत काम टुंगो लगाएको समितिका सदस्य प्रदीप पौडेलले बताए। पछिल्लो २४ घन्टामा १० वटा वडामा सहमति जुटाएको उनले जानकारी दिए । ‘४ प्रतिशत क्रियाशील सदस्यताको काम टुंग्याउन बाँकी छ। ९६ प्रतिशत टुंग्गिएको छ,’ पौडेलले भने, ‘निर्णय कार्यान्वयनको चरणमा लगेका छौँ।’

चार जिल्लामा रहेको विवाद टुंग्याउने जिम्मा समितिले पार्टी नेतृत्वलाई नै दिएको उनले बताए। क्रियाशील सदस्यताको काम लगभग सकिएकाले समयमै महाधिवेशन हुने उनले बताए।