१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ जेठ १ मंगलबार १४:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लकडाउनको अवधिमा रामेछापमा जबर्जस्ती करणीका घटना बढे

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:५३:oo

विगत वर्षको तुलनामा रामेछापमा लकडाउनको मौका छोपी जबर्जस्ती करणीका घटनाको संख्यामा वृद्धि भएको छ । प्रहरी कार्यालयको तथ्यांकअनुसार गएको आर्थिक वर्ष ०७७/७८ कोरोना लकडाउनको अवधिमा मात्रै २३ वटा जर्वजस्तीका घटना घटेका छन् ।

जसमध्ये १६ वटा जबर्जस्ती करणी र सातवटा जबर्जस्ती करणी उद्योग घटनाका मुद्दा प्रहरी कार्यालयमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार १६ वटा जबर्जस्ती करणी मुद्दामा संलग्न १४ जना आरोपितलाई प्रहरीले तत्काल पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि नियन्त्रणमा लिएर केस चलिरहेको छ । यसबाहेक फरार रहेका दुईजनाको हकमा प्रहरीले खोजीकार्य जारी राखेको छ । 

त्यसैगरी जबर्जस्ती करणी उद्योगमा सातवटा मुद्दा दर्ता भएकोमा ६ जना आरोपितलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाही भइरहेको र सो मुद्दामा फरार रहेका एकजनाको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता श्रेष्ठले बताए ।  प्रहरीले महिला हिंसाविरुद्ध विभिन्न जनचेतनाका कार्यक्रम जिल्लाका विभिन्न स्थानीय निकाय र बस्तीबस्तीसम्म लैजाने गरेको छ ।

तैपनि महिला घरेलु हिंसा, जबर्जस्ती करणी, जबर्जजस्ती करणी उद्योगलगायतका घटना भने विगत वर्षको तुलनामा झनै वृद्धि हुँदै गएको तथ्यांकले देखाएको छ । यस विषयमा प्रहरीले स्थानीय तहहरूसँग मिलेर थप जनचेतनामूलक कार्यक्रम लिएर ग्रामीण स्तरमा लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 
    
 

ad
ad