मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ८ शुक्रबार
  • Sunday, 05 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ८ शुक्रबार १६:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीलाई नेपालको जवाफ– महाराजाधिराज खुसी भएर आममाफी दिनेछन् भन्दै नाच्नुपर्ने भो !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ८ शुक्रबार १६:३४:oo

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीले आममाफी दिएकोमा खुसी भएको भन्दै व्यंग्य गरेका छन्। ओलीलाई श्री ५ महाराजाधिराज भन्दै नेपालले व्यंग्य गरेका हुन्।

‘हिजो महामहिम श्री ५ महाराजाधिराजबाट अभिव्यक्ति आयो- माधव नेपाललगायत माननीय सदस्यहरूमाथि जतिलाई स्पष्टीकरण सोधिएको छ, उनीहरूलाई आममाफी दिइन्छ। एम्नेस्टी इज ग्यारेन्टेड । महाराजाधिराज बोल्नुभएको छ । हामी गदगद् भयौँ, वाह ! वाह ! हाम्रा महाराजाधिराज कति खुसी भएछन् । हामीलाई आममाफी दिनेछन्, नाच्नुपर्ने भो, खुसी हुनुपर्ने भो । यही हो प्रवृत्ति ? यसैलाई कम्युनिस्ट प्रवृत्ति भनिन्छ ? स्पष्टीकरण सोध्नु गल्ती भयो, मैले हतार गरेँ, त्यो मैले फिर्ता लिएको छु, भन्दिएको भए के हाइट घट्थ्यो ? मर्यादा कम हुन्थ्यो ?’ नेपालले भने ।