१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ८ शुक्रबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ८ शुक्रबार १३:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवालाई बधाई दिँदै नेम्वाङले भने– अदालतको फैसलाले सन्तुलन खलबलियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ८ शुक्रबार १३:३८:oo

नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार बन्ने प्रक्रियाका बारेमा असन्तुष्टि पोखेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘संविधानले एउटा निर्वाचनमार्फत प्रधानमन्त्री आउने कुरा सोचेको छ। निर्वाचित प्रतिनिधिहरू रहेको संसदबाट देशले प्रधानमन्त्री पाउँछ। प्रधानमन्त्री पाउने थुप्रै धारा र उपधाराहरू छन्। त्यो सबै व्याख्या गर्न चाहन्न। म यति जोड्न चाहन्छु– यो पहिलोपटक हो संसदबाट हाेइन, जनताको जनादेशबाट हाेइन, तर सम्मानित सर्वोच्च अदालतको परमादेशबाट हामीले प्रधानमन्त्री प्राप्त गरेका छौँ।  यो मेरो अन्यथा टिप्पणी हाेइन। यथार्थ कुरा मैले राखेको हो।’
जतिसुकै चर्चाहरूको बाबजुत जनता बलिया भएका छन् भन्ने स्थापित भएको उनले बताए।

उनले  सहमति–असहमतिहरू भए पनि जतिसुकै चाहेर पनि देश पछाडि फर्केर जान नसक्ने बताए। उनले राजनीतिक दलले जनतालाई गलत सन्देश दिन नहुने बताए।  प्रतिनिधिसभा विघटनबारे सबैका आफ्ना धारणा भए पनि एमाले जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने बताए। एमाले जिम्मेवार नभएको भए पहिलो दिन नै हाउस अवरुद्ध गर्ने बताए। 

ताजा जनादेशमा जाने कुरा निरंकुश नभएको बताए। सर्वोच्चको फैसलापछि राज्यका तीन अंगबीचको सन्तुलन खलबलिन पुगेको आभाष भएको उलने बताए। यो स्थिति लामो समय रहे राम्रो नहुने उनको भनाइ छ। यी सबै कुरा गलत भए पनि कानुनको शासनमा विश्वास गर्ने भएकोले सर्वोच्चको फैसला मान्ने बताए। तर, गलत कुरा जनताका बीचमा प्रस्ट पार्ने बताए।