१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १६:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्से झन्डै १९ अंकले बढ्दा कारोबार रकम ११ अर्बमाथि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १६:४८:oo

साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक झन्डै १९ अंकले बढेको छ। आज बिहीबार नेप्से १८.७६ अंकले बढेर ३००४.३३ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ।

आज कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। आज २२२ कम्पनीका ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर ११ अर्ब ११ करोड ४१ लाख २१ हजारमा कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फन्ड, बैंक, वित्त, जलविद्युत् र निर्जीवन बिमा उपसमूहबाहेक सबैको सेयर मूल्य घटेको छ। म्युचुअल फन्ड सबैभन्दा धेरै ५.२७ प्रतिशतले बढेको छ भने बैंक, वित्त, जलविद्युत् र निर्जीवन बिमा उपसमूह क्रमशः १.७२, १.५४, ०.८३ र ०.२७ प्रतिशतले बढेको छ। व्यापार उपसमूह सबैभन्दा धेरै २.०२ प्रतिशतले घट्दा अन्य उपसमूहमा भने सामान्य गिरावट आएको छ। 

यस दिन लक्ष्मी उन्नति कोष, ङादी ग्रुप पावर र सिइडीबी हाइड्रोपावर विकास कम्पनीको सेयर सर्किट लेवलमा कारोबार भएको छ। माउन्टेन हाइड्रो नेपाल, पोखरा फाइनान्स, लक्ष्मी इक्विटी फन्ड, ग्लोबल आइएमई समुन्नत योजनाको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

ad
ad