१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १९:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमालेका प्रदेश अध्यक्षले भने– पार्टीभित्रको अन्योल छिटो सकिनुपर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:३१:oo

सोमबारदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरूले पार्टीभित्रको अन्योल छिटो समाधान गर्नुपर्ने बताएका छन्। आजको बैठकमा सात प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गरेका थिए । उनीहरूले पार्टीबाट केही व्यक्ति बाहिरिँदा त्यसले कस्तो असर गर्छ भन्नेबारे सुझाब दिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। 

बैठकमा सरकारमा रहँदा गरेका काम र अहिलेको प्रतिकूल परिस्थिति निर्माणको विषयमा पार्टीपंक्तिमा जानकारी गराउन उनीहरूले भनेका थिए। यस्तै, बैठकमा सुवास नेम्वाङले कसरी १०बुँदे सहमतिसम्म आइपुगियो र कार्यान्वयन कसरी गर्ने भन्नेबारे आफ्नो धारणा राखेका थिए। 

एमालेले १०बुँदेलाई सिर्जनात्मक ढंगले कार्यान्वयन गर्दै अन्तिमसम्म पार्टी एकताको प्रयास गर्ने निर्णय गरेको ज्ञवालीले बताए। आज उठेका विषयमा भोलि महासचिव ईश्वर पोखरेलले जवाफ दिनेछन् । यस्तै, भूमिसँग सम्बन्धित समस्या समाधन गर्न बनेको आयोगका अध्यक्ष देवी ज्ञवालीले त्यसका कामबारे जानकारी गराएका थिए। 

राजनीतिक आग्रह–पूर्वाग्रह राखेर आयोग विघटन गर्न खोज्नु गतल हुने उनको भनाइ थियो। सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको भए पनि त्यसबारे बैठकले कुनै निर्णय गरेको छैन । २२ सांसदले स्पष्टीकरणपत्र नपाएको बताएका छन्। 
 

ad
ad