मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण ५ मंगलबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ५ मंगलबार ११:४८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टोकियो ओलम्पिक जानबाट रोकिएकी प्रशिक्षक मल्लको गुनासो : एनओसीले आधिकारिक रूपमा जानकारी नै दिएन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ५ मंगलबार ११:४८:oo

एथलेटिक्सकी प्रशिक्षक इन्द्रकुमारी मल्लले आफूलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) ले कोरोना पजिटिभ रिपोर्टबारे कुनै आधिकारिक जानकारी नै नदिएको बताएकी छिन् । खेलाडी सरस्वती चौधरीको माध्यमबाट आफू कोरोना संक्रमित भएको थाहा पाएको प्रशिक्षक मल्लले नयाँ पत्रिकालाई बताएकी छिन् । प्रशिक्षक मल्लको शनिबार कोरोना रिपोर्ट पजिटिभ आएको थियो । भोलिपल्ट (आइतबार) नै अर्को परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आयो । 

इन्द्रकुमारी मल्ल : एथलेटिक्स प्रशिक्षक

सुरुमा मलाई एनओसीका कुनै पनि पदाधिकारीले मेरो रिपोर्टबारे जानकारी नै गराएनन्, एनओसीका एकजना स्टाफले मेरी चेली सरस्वतीलाई मेरो रिपोर्टबारे जानकारी गराएका थिए । यदि कोरोना नै भएको रहेछ भने सुरुमै मलाई नै जानकारी गराउनुपर्ने थियो, दोस्रो व्यक्तिमार्फत सूचना दिइयो, यहाँ नै मलाई शंका छ । 

‘स्टार अस्पतालबाहेक अन्य स्थानमा समेत कोरोना परीक्षण गरे, सबैमा नेगेटिभ रिपोर्ट आएको छ,’ प्रशिक्षक मल्लले भनिन्, ‘एकैपटक पजिटिभ रिपोर्ट आएकै भरमा अर्का प्रशिक्षकलाई ओलम्पिकमा पठाएको विषय बुझ्न सकिनँ ।’ एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार विज्ञप्ति निकाली कोरोना संक्रमित भएकी प्रशिक्षक मल्लको स्थानमा प्रारम्भिक सूचीमा रहेका सन्तोष श्रेष्ठलाई एथलेटिक्स प्रशिक्षकका रूपमा जापान पठाउने निर्णय भएको जानकारी दिएका थिए । 

एनओसीले रातारात अर्को व्यक्तिलाई पठाउँदा आफू स्तब्ध भएको मल्लले बताएकी छिन् । ‘सुरुमा मलाई एनओसीका कुनै पनि पदाधिकारीले मेरो रिपोर्टबारेमा जानकारी नै गराएनन्, एनओसीका एकजना स्टाफले मेरी चेली सरस्वतीलाई मेरो रिपोर्टबारे जानकारी गराएका थिए,’ उनले भनिन्, ‘यदि कोरोना नै भएको रहेछ भने सुरुमै मलाई नै जानकारी गराउनुपर्ने थियो, दोस्रो व्यक्तिमार्फत सूचना दिइयो, यहाँ नै मलाई शंका छ ।’ 

ल्याबको गलत रिपोर्टका कारण ओलम्पिक जानबाट वञ्चित हुनु अन्यायपूर्ण भएको उनको आरोप छ । ‘स्टार अस्पतालको ल्याब रिपोर्ट गलत आउँदा ओलम्पिक यात्रा रोक्नु अन्यायपूर्ण हो,’ निराश हुँदै प्रशिक्षक मल्ले भनिन्, ‘मैले चार स्थानमा परीक्षण गराएँ, सबैमा नेगेटिभ रिपोर्ट आएको छ, एउटा गलत रिपोर्टलाई आधार बनाएर मेरो भविष्यमाथि खेलबाड भएको छ ।’ प्रशिक्षक मल्लले कोरोनाविरुद्धको दुवै खोप पनि लगाइसकेकी छिन् । 

एनओसीको हेलचक्र्याइँका कारण एथलेटिक्स खेलाडी गोपीचन्द्र पार्की पनि अन्तिम समयमा टोकियो ओलम्पिक खेल्न वञ्चित भएका छन् । राष्ट्रिय खेलकुद परिषद्, एनओसी र नेपाल एथलेटिक्स संघले अन्तर्राष्ट्रिय मापदण्ड नपुगेका कारण गोपीचन्द्रको स्थानमा सरस्वती चौधरीलाई एथलेटिक्स विधामा सहभागी गराउन लागेको जनाएका थिए ।

गोपीचन्द्रकै स्थानमा ओलम्पिक खेल्न जान लागेकी सरस्वतीकै प्रशिक्षकका रूपमा मल्ल आबद्ध भएकी हुन् । ‘एक महिला खेलाडीलाई महिला प्रशिक्षक नै सजिलो हुने हुँदा मात्र म आएकी थिएँ तर मलाई पनि अन्तिम समयमा ओलम्पिक यात्रामा बन्चित गराएको छ,’ प्रशिक्षक मल्ल भन्छिन् ।