Skip This
प्रहरीको साइबर सेलको नाममा समेत ‘सेक्सुअल ह्यारेसमेन्ट’ : एक महिनामै २५ पीडितको जाहेरी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख २९ शनिबार o९:३o:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रहरीको साइबर सेलको नाममा समेत ‘सेक्सुअल ह्यारेसमेन्ट’ : एक महिनामै २५ पीडितको जाहेरी

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o९:३o:oo

संभ्रान्त परिवारकी १५ वर्षीया आयुषा राणा (परिवर्तित नाम) विद्यालयको ‘अनलाइन’ क्लासपछि सदाझैँ टिकटक भिडियोमा रमाइरहेकी थिइन् । मोबाइलमा अपरिचित ‘वेब कल’को घन्टी बज्यो । उनले ‘रेडिट वेव’मार्फत बजेको कल सुरुमा बेवास्ता गरिन्, अर्कोपटक पनि बजेपछि भने उठाइन् । 

‘म प्रहरीको साइबर सेलबाट’ अपरिचितले फोनमा भन्यो । आयुषा अचम्मित भइन् । उनले के भन्ने ? सोच्न सकेकी थिइनन्, ऊ फेरि बोल्यो, ‘तपाईंको जस्तै देखिने नग्न फोटो पोर्नसाइटमा भेटियो । भेरिफाईका लागि तपाईंले अर्को नग्न फोटो पठाउनुपर्ने भयो । अनुसन्धानमा सहयोग गरिदिनुहोला ।’ 

एकोहोरो संवाद सुनाएर उता अपरिचितले झट्ट फोन काट्यो । यता आयुषालाई भने छाँगाबाट खसेझैँ भयो । ‘न्युड फोटो पोर्नसाइटमा ? गयो कसरी ?’ उनले आफ्ना सबै साथीहरू सम्झिइन् । जानी–नजानी गरिएका गल्ती पनि सम्झिइन् । तर, ‘न्युड’ फोटो खिचेको भेउ कतै भेट्टाउन सकिनन् । 

तर, उक्त अपरिचितले निरन्तर ‘वेब कल’ गरिरह्यो । हरेकपटकको वेब कलमा फोटो ‘भेरिफाई’ भन्न नछुटाउने अपरिचितले केही समयपछि धम्की दिन थाल्यो । उसको फोन गर्ने क्रम दुई–तीन महिनासम्म चल्यो ।

उसले कहिले नांगो फोटो परिवारका सदस्यलाई पठाएर ‘भेरिफाई’ गर्छु भन्थ्यो, कहिले सामाजिक सञ्जाल र पोर्नसाइटमा राखेर भाइरल बनाइदिने धम्की दिन्थ्यो । केही सीप नचलेपछि अन्ततः किशोरी ‘भेरिफाई’का लागि आफ्नो नांगो फोटो अपरिचितलाई पठाउन राजी भइन् । उनले कोठा थुनेर अपरिचितले भनेकै पोजमा फोटो खिचिन् ।

फोटो पठाउनुअघि किशोरीले उक्त विषयमा आमालाई सबै कुरा सुनाउने विवेकपूर्ण निर्णय गरिन् । आमामार्फत घटना विवरण परिवारका सदस्यले थाहा पाए ।
‘वेब कल’मा अपरिचितले ‘साइबर सेल’ र ‘क्राइम युनिट’को नाम लिएकाले परिवारका सदस्यले नेपाल प्रहरीको साइबर ब्युरोमा बुझ्ने निर्णय गरे । 

जाहेरीपछि ब्युरोले अनुसन्धान गर्‍यो । त्यसले ‘साइबर सेल’ र ‘क्राइम युनिट’को नाममा ‘वेब कल’मार्फत ‘भेरिफाई’ गर्न भन्दै युवतीहरूसँग ‘न्युड’ फोटो माग्ने आपराधिक गिरोहको रहस्य खुल्यो । 

‘न्युड’ फोटो मागिएको नाममा दैनिक २५ उजुरी
ब्युरोका अनुसार पछिल्ला दिन ‘साइबर सेल’ र ‘क्राइम युनिट’को नाममा ‘वेब कल’मार्फत किशोरीहरूसँग न्युड फोटो मागिएको घटना नाटकीय ढंगले बढेका छन् । पछिल्लो निषेधाज्ञायता मात्रै २५ भन्दा धेरै मौखिक उजुरी आएको प्रहरीको भनाइ छ । ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले दूरसञ्चार प्रविधिको दुरुपयोग गरी हुने यस्ता घटना बढ्दै गएको बताए । 

उनले भने, ‘पछिल्ला दिन दूरसञ्चार प्रविधिको दुरुपयोग बढेका छन् । टेलिफोन र वेब कलमार्फत किशोरीसँग न्युड फोटो मागिएका छन् । सेक्युअल ह्यारेसमेन्ट गरिएका उजुरी छन् । ब्ल्याकमेलिङ भएका छन् ।’

अर्यालले यस्ता घटना रेडिट डककम, क्लब हाउस, ग्रुप कलजस्ता माध्यम प्रयोग गरी बढी भएको बताए । यसलाई न्यूनीकरण गर्न अभिभावक नै सचेत हुन जरुरी भएको उनको भनाइ छ ।

प्रहरीका अनुसार यस्ता घटनाबाट पीडित हुने अधिकांश किशोरी रहेका छन् । त्यसमा पनि संभ्रान्त परिवारका किशोरी बढी पर्छन् । सजिलै प्रभावमा पर्न सकिने भएको हुँदा अपराधीको निशानामा किशोरीहरू पर्ने गरेको एसएसपी अर्यालले बताए ।  उनले भने, ‘किशोरीहरूलाई प्रभावमा पार्न सहज हुने भएकाले यस्तो भएको हो कि ?’

निषेधाज्ञायता १४५ उजुरी, धेरैजसो अपराध देशबाहिरबाट
लकडाउनयता साइबर ब्युरोमा मात्रै एक सय ४५ निवेदन परेका छन् । त्यसमध्ये अधिकांश सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिले युवती तथा किशोरीलाई लक्षित गरी फ्रेन्ड रिक्वेस्ट पठाउने, ललाइफकाई नग्न फोटा र भिडियो पठाउन लगाउने अनि सेक्सुअल ह्यारेसमेन्ट र ब्ल्याकमेल गर्नेसँग सम्बन्धित छन् । 

ब्युरोका अनुसार अधिकांश घटना मुलुकबाहिरबाट भएको देखिन्छ । त्यसले अपराधी पक्राउ गर्न प्रहरीलाई ठूलो चुनौती छ । साइबर अपराधको चंगुलमा परिसकेपछि पीडितहरू अपराधी पक्राउ नपर्दा झनै मानसिक दबाब झेल्न बाध्य छन् ।

साइबर अपराधका जटिलतालाई ध्यानमा राखेर घटना नै हुन नदिने पक्षलाई प्रहरीले प्राथमिकतामा राखेको छ । विद्यालय–विद्यालयमा पुगेर विद्यार्थीलाई साइबर अपराधबाट बच्ने उपाय सिकाउने, सञ्चारमाध्यममार्फत सचेतना बढाउनेजस्ता कार्यक्रमलाई प्रहरीले प्राथमिकतामा राखेको छ । 

जघन्य तथा ठूला प्रकृतिका घटनालाई प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गर्ने भए पनि साना घटनाहरूमा मनोपरामर्शलाई प्राथमिकता दिने गरेको छ । त्यसो गर्दा ब्युरोबाट दर्ता हुने मुद्दाको संख्या घटेको प्रहरीको भनाइ छ । आव ०७७/७८ मा ब्युरोमा गम्भीर प्रकृतिका ६० वटा मुद्दा दर्ता भएका छन् । 

अभिभावक नै सचेत हुनुपर्छ : करुण कुँवर, बाल मनोवैज्ञानिक 

किशोर–किशोरीलक्षित साइबर अपराध बढेको सत्य हो । यस्ता अपराध बढ्नुमा केही हदसम्म अभिभावकको पनि भूमिका छ । विभिन्न कारणले अभिभावक आफ्नो बालबच्चालाई ध्यान दिइरहेका हुँदैनन् । उनीहरू कहाँ, कोसँग, के गरिरहेका छन् वास्ता गर्दैनन् । उनीहरूको हातमा महँगा फोन हुनु र मन लागेको साइट चलाउन पाउँछन् ।

यसैको फाइदा प्रविधिको दुरुपयोग गर्नेहरूले उठाउँछन् । नांगो फोटो मागेर ब्ल्याकमेलिङ गर्ने मात्र होइन, ट्राफिकिङका घटनासमेत सतहमा आएका छन् । बढ्ने क्रममा भएकाले अझ खतरनाक छ ।

यस्ता घटना न्यूनीकरणका लागि अभिभावक सचेत हुनु मुख्य आवश्यकता हो । ठूला हुँदै गएका आफ्ना सन्तानहरूसँग साथीको जस्तो व्यवहार गर्नुपर्छ । विद्यालय तहमै यस्ता घटनाप्रति शिक्षकले समय–समयमा सचेत गराउनुपर्छ । अबको पाठ्यक्रममा समेत यससम्बन्धी जनचेतना समावेश गरिनु आवश्यक देखिइसक्यो ।

‘प्रहरी हुँ’ भन्दै किशोरीसँग ‘न्युड’ फोटो माग्दै
साइबर अपराधी सामाजिक सञ्जालमार्फत किशोरी पहिचान गर्छन् । ‘डिटेल्स्’ बटुल्छन् । प्रहरीको नाममा ‘वेब कल’ गर्छन् र ‘भेरिफाई’ गर्न भन्दै उनीहरूसँग ‘न्युड’ फोटो माग्छन् । जब फोटो हात पर्छ, अनि महँगो ‘ब्ल्याकमेलिङ’ सुरु हुन्छ । विशेषगरी यस्ता घटनामा अपराधीले किशोरीसँग महँगो रकम माग्छ । नदिए फोटो पोर्न साइटमा हाल्ने, सामाजिक सञ्जालमा भाइरल बनाइदिने धम्की दिन्छन् । 

महिना दिनमै २५ पीडितको जाहेरी, धेरैजसो अपराध देशबाहिरबाट 

साइबर ब्युरोमा पछिल्लो महिना दिनयता मात्रै ‘ब्ल्याकेमिलिङ’का २५ घटना दर्ता भए ।

अधिकांश घटनाका पीडित सम्भ्रान्त परिवारका किशोरी छन् । अपराध भने विदेशबाट भएका छन् ।

सामाजिक सञ्जालका विभिन्न एप्स यस्ता अपराधमा प्रयोग भएका छन् । एसएसपी नवीन्द अर्यालले भने, ‘ब्ल्याकमेलिङ भएका छन् ।

यस्ता घटना रेडिट डक कम, क्लब हाउस, ग्रुफ कल जस्ता माध्यम प्रयोगमा आएका छन् । यस्ता घटना न्यूनीकरणमा विशेषगरी अभिभावक नै सचेत हुन जरुरी छ ।’

 

ad
ad