सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिले सीताराम दूध उत्पादन र बिक्री वितरणको २५ वर्ष पुगेको अवसर पारेर विभिन्न प्रकारका उत्पादन बजारमा ल्याएको छ । दूध मात्र बिक्री गर्दै आएको कम्पनीले विभिन्न प्रकारका उत्पादन ल्याएको हो ।
कम्पनीले बजारमा दही, पनिर, बटर, फ्रेस मिल्क तथा लस्सी रहेका छन्, दही आधा तथा १ लिटर चिनीरहित र चिनीसहितको एवं लस्सीसमेत एक तथा आधा लिटरमा उपलब्घ रहेको जनाइएको छ । पनिर २ सय ग्रामदेखि १ केजीसम्म तथा बटर पनि सोही वजनमा उपलब्ध रहेको छ । यसका साथै सीताराम घिउ १ तथा आधा लिटरमा एवं फ्रेस मिल्क २ सय एमएलको बोतलमा बजारमा बिक्री भइरहेको कम्पनीले जनाएको छ ।
आधुनिक प्रविधि सँगसँगै डेरीसँग सम्बन्धित सबैजसो उत्पादन एउटै बास्केटमा आएको कम्पनीका प्रबन्ध निर्देशक सुमित केडियाले बताए । ग्राहकको सल्लाह र सुझाबबमोजिम आफ्ना उत्पादन बजारमा ल्याएको कम्पनीको दाबी छ । सीतारामका उत्पादनहरू भाटभटेनी, बिगमार्टलगायत अन्य मार्ट तथा पसलहरू तथा डेरीको आफ्नै आउटलेट कुलेश्वरमा उपलब्ध रहेको जनाइएको छ । केडियाले भने, ‘सीताराम दूध जहिले पनि आफ्नो गुणस्तर र आमग्राहकहरूको स्वास्थ्यप्रति संवेदनशील रहेको छ र यस डेरीबाट उत्पादन हुने दूध तथा दुग्धजन्य पदार्थ सेवन ढुक्क्का साथ गर्न सक्नुहुनेछ ।’
कम्पनीले नवलपरासी, रुपन्देही, चितवन र काभ्रेपलाञ्चोक जिल्लामा २२ वटा दूध चिस्यान केन्द्र स्थापना गरेर जिल्लाका १ सय ५० दूध उत्पादक सहकारी संस्थाका साथसाथै लगभग २० निजी दूध व्यवसायीमार्फत नियमित दूध संकलन गरिरहेको जनाएको छ ।