१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ३० बुधबार
  • Saturday, 28 September, 2024
२o७८ असार ३० बुधबार o८:२o:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

न्यायाधीशको सुरक्षार्थ खटिएका प्रहरीबाटै महिला कर्मचारीको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असार ३० बुधबार o८:२o:oo

उच्च अदालत विराटनगर इलाम इजलास परिसरमा मृत अवस्थामा फेला परेकी विमलाकुमारी पराजुलीको हत्या प्रहरीबाटै भएको खुलेको छ । न्यायाधीशको सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक युवराज बानियाले हत्या आरोप स्वीकारेका हुन् । अदालतमा कार्यरत पराजुलीको सोमबार बिहान शव फेला परेको थियो । 

प्रहरीले हत्या आरोपी बानियालाई मंगलबार सार्वजनिक गरेको छ । उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । 

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ की ४८ वर्षीया पराजुलीको शंकास्पद अवस्थामा सोमबार बिहान शव भेटिएको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि संघीय इकाई प्रहरी धरानबाट तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान थालेको थियो । कुकुरको संकेत, घटनास्थल, लासको प्रकृति, मृतकको मोबाइल नम्बरको कुराकानीको आधारमा न्यायाधीशको सुरक्षा गार्डको रूपमा कार्यरत धनकुटा घोर्लिखर्क–५ घर भएर उच्च अदालत इलाममा न्यायाधीशको सुरक्षार्थ खटिएका ३५ वर्षीय बानियाको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

न्यायाधीश नभएका वेला बानियाले उनको निवासमा महिलाको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले बताए । घटनापछि प्रहरीले केही घन्टाभित्रै आरोपी बानियालाई पक्राउ गरेको थियो । पराजुलीको बलात्कारपछि हत्या हुन सक्ने आशंका गरिको छ । तर, बानियाले बलात्कार गरेको स्वीकारेका छैनन् । ‘बानियाले आफूले हत्या गरेको स्वीकारेका छन्,’ प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘बलात्कार गरेको स्वीकार गरेका छैनन्, तर उनको भनाइमा हामीलाई विश्वास लागेको छैन ।’