१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १o:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उमेर नपुग्दै अन्तरजातीय विवाह गरेको जोडीलाई अलग्याइयो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:२७:oo

भागेर अन्तरजातीय विवाह गरेको एक जोडीलाई किशोरीका आफन्तले अलग्याएका छन् । विवाह गर्ने उमेर नपुगेको भन्दै किशोरीका आफन्तले उनलाई दलित युवकको घरबाटै शुक्रबार दिउँसो जबर्जस्ती फिर्ता लगेका हुन् । कैलालीको भजनी नगरपालिका–४, भिलझिलियाका १९ वर्षीय प्रकाश विश्वकर्मा र उनकी प्रेमिका टीकापुर नगरपालिकाकी १८ वर्षीय मालती रावल विवाह गर्नका लागि गत ४ असारमा घरबाट भागेका थिए । विवाह गरेर बिहीबार घर फर्केपछि युवतीलाई आफन्तले शुक्रबार लिएर गएका हुन् ।

जीप र मोटरसाइकलमा आएका ३०–३५ जनाको समूहले मालतीलाई घरबाटै जबर्जस्ती लगेर गएको प्रकाशले बताए । ‘छलफल मात्र गर्ने हो भनेर घरको छेउतिर लगे । उनलाई धकेलेर गाडीमा हाले । मलाइ पनि धकेलधाकेल गरे ’ प्रकाशले भने । मालतीले सहमतिमै विवाह गरेका हौँ भन्दा पनि उनीहरुले नसुनेको उनले बताए ।

  परिवारसँग विवाहको प्रस्ताव लैजाँदा जात नमिलेको भन्दै अस्वीकार गरेपछि  भागेर जंगलमा पुगेका थिए ।  जोडीले सहयोगको याचनासहित सामाजिक सञ्जालमा भिडियो पनि पोष्ट गरे ।  ‘घरपरिवारले नमानेपछि भागेर जंगलमा आउनु परेको छ । हामीलाई तपाइहरुको साथ सहयोग चाहिएको छ । त्यसैले यो भिडियो बनाएको हौँ ’ भिडियोमा प्रकाशले भनेका छन् । 
  मालतीले पनि अन्तरजातीय विवाह भएकाले परिवारले नमानेको र आफूहरुलाई धम्क्याइरहेको भिडियोमा बताएकी छन् । सहमतिमै विवाह गरेको र आफ्नो पेटमा बच्चा पनि रहेको उनले भनेकी छन् । ‘घरका मान्छेले जबरजस्ती विवाह भनेर मुद्दा हालिरहेका छन् । हामी जबरजस्ती बिहे गरेर आएको होइन, आफ्नै मनले बिहे गरेर आएका हौँ ’ उनले भिडियोमा सहयोगको याचना गर्दै भनेकी छन्, ‘हामी माया गरेर नै आएको हो मेरो पेटमा बच्चा । हामी एकअर्काबाट चाहेर पनि टाढा हुन सक्दैनौँ ।’

घटना सञ्चार माध्यममा सार्वजनिक भएपछि प्रहरीले पनि यसबारे चासो दिएको छ । प्रकाशसँग प्रहरीले घटनाबारे सोधपुछ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले दुवैको विवाह गर्ने उमेर नपुगेका कारण किशोरीका आफन्तले उनलाई जिम्मा लिएर गएका बताए ।

भागेर जंगलमा बसेको भनेर भिडियोमा गरिएको दावी गलत भएको प्रहरीले जनाएको छ । ‘जंगलमा बसेको नभइ हिजो बुटवलबाट फर्कने क्रममा टीकापुरको शक्तिको जंगलमा भिडियो खिचेको बुझिएको छ ।’ प्रहरी नायब उपरिक्षक बिष्टले भने । दुवै पक्षसँग प्रहरीले बुझेको र केटी पक्षले केटालाई कुटपिट गरेको भन्ने दावी पनि गलत रहेको प्रहरीले जनाएको छ ।
    ‘कानुनअनुसार दुवैको उमेर नपुगेकाले विवाह गर्ने कुरा भएन । केटी पक्षले आफ्नो जिम्मा लिएर गए ।’ बिष्टले भने, ‘कुटपिट, झैझगडा केही पनि भएको देखिएन ।’ मालतीका बुवाले छोरी हराएको भन्दै खोजीका लागि गत १७ असारमा अमरावती प्रहरी चौकीमा निवेदन दिएका थिए ।

 युवकका आफन्तले भने दलित भएकै कारण विवाह स्वीकार नगरिएको बताएका छन् । जात नमिलेका कारण उमेर देखाएर अलग्याइएको उनीहरुको भनाइ छ ।   

ad
ad