१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १३:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रौतहटको चन्द्रपुरमा झडप हुँदा एक दर्जन घाइते, आठवटा मोटरसाइकलमा आगजनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:१६:oo

रौतहटको चन्द्रपुर नगरपालिका– ८ मा दुईपक्षबीच  झडप हुँदा एक दर्जन घाइते भएका छन् भने आठवटा मोटरसाइकलमा आगजनी भएको छ ।

बिहीबार  रातिको समयमा बस्तीपुर गाउँमा जग्गाको पुरानो कुरालाई लिएर दुई पक्षबीच झडप भएको हो । स्थानीय श्रीराम चौधरी, लक्ष्मी चौधरी,जगनारायण चौधरी,दीपनारायण चौधरीको घरसमेत तोडफोड भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लीलाराज कोइरालाले जानकारी दिए ।

गाउँमा आफ्ना परिवारसँग झडप हुन थालेपछि स्थानीय ७० वर्षीय वृद्ध जगरनाथ चौधरीको हृदयघात भएर मृत्यु भएको छ । गाउँमा पुनः झडप हुने अवस्था नआओस् भन्नका लागि ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । सो घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी लामिछानेले बताए ।

झडपमा परी घाइते भएका आकाश चौधरी, बिनेक चौधरी, मुथुनकुमार चौधरी, बच्चु चौधरीलगायत एक दर्जनको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । 

ad
ad