१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १२:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नाडा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबीच छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १२:४२:oo

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीबीच छलफल भएको छ । नाडाले कोभिड–१९का कारण समस्यामा परिरहेका व्यवसायीहरूको  सहजीकरण गर्ने सम्बन्धमा विभागका अधिकारीहरूसँग छलफल गरेको हो । 

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय टोलीले विभागका महानिर्देशक प्रकाश पौडेलसँग भेटी अटोमोबाइल व्यवसायका समसामयिक विषयका साथै विभिन्न माग राखेको नाडाले जनाएको छ ।

छलफलमा अध्यक्ष दुलालले नाडाले फेयर ट्रेड विश्वास गर्दै आएको जानकारी दिँदै सवारीसाधनहरूको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरूबारे विभागलाई जानकारी गराएको जनाइएको छ । छलफलमा नाडाका उपाध्यक्ष तथा सवारीसाधन समितिका सभापति करण चौधरीले एजेन्सी दर्ताका सम्बन्धमा देखापरेका समस्याहरूबारे विभागलाई जानकारी गराएका थिए ।

नाडाका महासचिव सुनील रिजालले स्पेयर पार्टस्हरूको आयातको सम्बन्धमा देखापरेका विभिन्न समस्याहरू राख्दै एक्जिम कोड पाँच वर्षका लागि नवीकरण हुने व्यवस्था रहेकोमा व्यापारिक फर्म कम्पनीहरूलाई पनि सो सुविधा दिनुपर्ने बताए । नयाँ एक्जिम कोड लिँदा बैंक ग्यारेन्टी राख्नुपर्ने भए पनि पुराना फर्महरूले बैंक ग्यारेन्टी राख्नुनपर्ने व्यवस्था गर्न उनले आग्रह गरेका थिए । 

छलफलपछि विभागका महानिर्देशक पौडेलले अटोमोबाइल क्षेत्रमा रहेका तत्कालीन र दीर्घकालीन समस्या बुँदागत रूपमा विभागमा पठाउन आग्रह गरेको नाडाले जनाएको छ । 

ad
ad