१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
शिल्पा कर्ण काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १७:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा एमिकस क्युरीको राय बाझियो, मुद्दा २८ असारसम्म हेर्दाहेर्दैमा

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:o३:oo

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सकिएको छ । रिट निवेदक, विपक्षी र एमिकस क्युरीको बहस सकिएको हो । एमिकस क्युरीको बहस सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मुद्दा २८ असारसम्म हेर्दाहेर्दैमा राखिएको बताए । २८ असारमा फैसला आउन सक्ने अधिवक्ताहरु बताउँछन् ।

सोमबार बहस गरेका एमिकस क्युरीका चार सदस्यको राय बाझिएको छ । दुईजनाले प्रतिनिधिसभा विघटनलाई सदर गर्नुपर्ने र दुईजनाले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने राय दिएका छन् ।

एमिकस क्युरीमा रहेका वरिष्ठ अधिवक्ता प्रकाशबहादुर केसी र उषा मल्ल पठकले विघटन सदर हुनुपर्ने राय दिएका छन् भने कोमलप्रकाश घिमिरे र राघवलाल वैद्यले पुनर्स्थापनाको पक्षमा राय दिएका छन् । 

सोमबार रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा, हरिहर दाहाल र कृष्णप्रसाद भण्डारीले जवाफी बहस गरेका थिए ।

*२८ असारसम्म उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ। 

ad
ad