१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २० आइतबार
  • Tuesday, 02 July, 2024
नेपाल–भारत सीमास्थित कचनवकल–५ पाठामारीमा रहेको ११२ नम्बरको सीमास्तम्भ । मेची नदीको कटानका कारण यो सीमास्तम्भ जोखिममा छ । तस्बिर : चिरञ्जीवी घिमिरे/नयाँ पत्रिका
२o७८ असार २० आइतबार १३:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जोखिममा ५३ सीमास्तम्भ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ असार २० आइतबार १३:४o:oo

झापामा ५३ वटा सीमास्तम्भ जोखिममा परेका छन् । नेपाल–भारत सीमाअन्तर्गत खोला तथा नदी कटानको क्षेत्रमा पर्ने सीमास्तम्भ जोखिममा परेका हुन् । भारतसँग १४४ दशमलव २ किलोमिटर खुला सीमा रहेको झापामा नदी कटानका कारण ५३ वटा सीमास्तम्भ जोखिममा छन् । 

हालसम्म १८५ सीमास्तम्भ हराएको सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले जनाएको छ । हराएको स्तम्भमध्ये ११९ वटा अहिलेसम्म नभेटिएको सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका प्रवक्ता प्रेम भण्डारीले जानकारी दिए । ‘हामीले सीमास्तम्भको निरन्तर खोजी गर्ने र सुरक्षा गर्ने काम गरिरहेका छौँ । हालसम्म १८५ सीमास्तम्भ हराएका छन् । त्योमध्ये ११९ वटा अहिलेसम्म फेला परेको छैन । अर्थात् ती स्तम्भ अहिलेसम्म बने कि बनेनन् भन्ने प्रमाण छैन,’ उनले भने, ‘अन्य ६६ वटा सीमास्तम्भ नदी कटान र डुबानका कारण हराएका छन् ।’ 

झापामा साना र ठूला नौ सय ८८ वटा सीमास्तम्भ छन् । पछिल्लो एक वर्षमा मात्र १९ वटा सीमास्तम्भ हराएको सशस्त्र प्रहरीले जनाएको छ । कोरोना महामारीका कारण नेपाल–भारतका अधिकारीको संयुक्त बैठक बस्न नसक्दा सीमा सर्भेको संयुक्त टोलीले काम गर्न सकेको छैन । जसका कारण जोखिममा रहेका र हराएका स्तम्भको पुनर्निर्माण हुन सकेको छैन ।

‘विगतदेखि कोरोनाका कारण नेपाल–भारतको संयुक्त फिल्डमा सर्भे टोलीको काम अवरुद्ध भएको छ । टोलीले कतिपय पिल्लर निरीक्षण गरिसके पनि पुनस्र्थापना हुन बाँकी छन्,’ डिएसपी भण्डारीले भने, ‘नदी कटान र डुबानका कारण सीमास्तम्भ जोखिममा छन् । हामीले यस्तो तथ्यांक संकलन गरेर सम्बन्धित निकायमा पठाएका छौँ ।’ नेपाल–भारत सीमा छुट्याउने पिल्लरमध्ये केही नदी र तटीय क्षेत्रमा छन् । बर्खा लाग्न साथ सीमास्तम्भ नदी कटान र डुबानले लड्ने गरेको छ । करिब डेढ वर्षदेखि पुनस्र्थापनाको काम हुन नसक्दा कतिपय ठाउँमा सीमास्तम्भ हराएका हुन् । 

नापी विभागका सूचना अधिकारी दामोदर ढकालले यस वर्ष मात्र सीमामा काम गर्न नसकिएको बताए । गत वर्ष भने सीमामा काम भएको उनको भनाइ छ । ‘प्रत्येक वर्ष मंसिरदेखि जेठसम्म फिल्डमा सीमा टोली जान्छ । अघिल्लो वर्ष अर्थात् ०७६ सालमा पनि काम भएको थियो । कोभिडले गर्दा कतिपय ठाउँबाट समयअगावै टोली फर्किएको थियो,’ उनले भने, ‘यस वर्षको हिउँदमा काम नभएको हो । कोभिडले गर्दा काम हुन सकेन । अहिले कोभिडकै कारण नेपाल–भारत संयुक्त टोलीको बैठक पनि बस्न सकेको छैन । स्तम्भ भत्किएका छन् भने हामीसँग कोडनेट छ । त्यहीअनुसार दुवै पक्षका टोली खटिएर राख्न सकिन्छ ।
 

ad
ad
ad
ad