१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १९:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भारत र चीनसँगको सम्बन्धबारे देउवाको टिप्पणी– छिमेकी बदल्न सकिँदैन (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:२२:oo

कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालले दुई छिमेकी मुलुकहरूप्रति समदूरी राखेर अघि बढ्नुपर्ने बताएका छन् । उनले छिमेकीलाई बदल्न नसकिने भन्दै उनीहरूसँग सुसम्बन्ध कायम गरेर बस्नुपर्ने बताए । देउवाले नागरिक अगुवाहरूसँगको छलफलमा यस्तो बताएका हुन् ।

‘हाम्रा दुईवटा छिमेकीहरू छन्, भारत र चीन । भारतसँग हाम्रो खुला सीमा छ । भिसा, पासपोर्ट केही लाग्दैन । हाम्राबीच बिहेवारी नै हुन्छ । अब चीनसँग खुला बोर्डर छैन । पासपोर्ट सिस्टम छ । त्यही आधारमा यी छिमेकीहरसँगको हाम्रो सम्बन्ध हो,’ देउवाले भने, ‘छिमेकीलाई बदल्न सकिँदैन । हामीले छिमेकीसँगै बस्नु छ । बाँच्नु छ । अब छिमेकीहरूका बीचमा कहिलेकाहीँ खटपट हुन्छ, त्यो स्वाभाविक कुरा हो । छिमेकीहरूका बीच सधैँभरि राम्रो मात्रै हुँदैन । त्यसकारणले छिमेकीहरूसँग समदूरी राख्न आवश्यक छ । हामीले छिमेकीलाई बदल्न सक्दैनौँ । त्यसकारणले हाम्रो नीति त्यस्तो हो । हामी कसैको खिलापमा छैनौँ । कसैको पक्षमा छैनौँ ।’

सभापति देउवाले भ्याक्सिन खरिदमा कमिसनको खेलबाड भएको कुरा मन्त्रीले नै बोलिरहेको भन्दै आश्चर्य व्यक्त गरे । ‘तपाईंहरूले सुन्नुभएकै होला, सम्बन्धित मन्त्रीले नै कमिसनको खेलबाडका कारण भ्याक्सिन आउन नदिएको भनेका छन् । अहिलेसम्म भ्याक्सिन आउन सक्थ्यो नेपालमा, तर के गर्ने ? कमिसनखोरहरूले ल्याउन दिएनन् भनेर सार्वजनिक रूपमा बोलेका छन्,’ देउवाले भनेका छन्, ‘जनताको जीवनरक्षाको विषयमा कमिसन खाने भए देशको हालत के होला ? यसमा कमिसन खानेहरूले प्रधानमन्त्रीको इच्छाविपरीत कसरी कमिसन खाए होला ? अचम्मलाग्दो छ ।’

नागरिक अगुवाहरूको आगामी सरकारको प्राथमिकता के हुन्छ ? भन्ने प्रश्नको जवाफमा ‘हामी सल्लाह गरेर गर्छौँ । अहिले कोभिड सबैभन्दा ठूलो समस्याका रूपमा छ । त्यसको रोकथाम गर्नुपर्नेछ’ भनेका थिए ।

ad
ad