Skip This
कोपा अमेरिकामा ब्राजिलको लगातार तेस्रो जित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार १० बिहीबार
  • Sunday, 07 July, 2024
एजेन्सी
२o७८ असार १० बिहीबार १२:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

कोपा अमेरिकामा ब्राजिलको लगातार तेस्रो जित

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७८ असार १० बिहीबार १२:३५:oo

आयोजक ब्राजिलले कोपा अमेरिका फुटबल प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ । प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा ब्राजिलले कोलम्बियाविरुद्ध २–१ गोलको जित हात पारेको हो । 

खेलमा अग्रता बनाएर पनि कोलम्बियाले त्यसलाई जोगाउन सकेन । कोलम्बियालाई लुइस डायअले १–० को अग्रता दिलाएका थिए । तर, रोबर्टाे फिर्मिनो र कासेमिरोले एक–एक गोल गर्दै घरेलु टोली ब्राजिललाई महत्वपूर्ण जित दिलाए । 

लगातार तेस्रो जितसँगै ब्राजिल समूह ‘बी’ अंक–तालिकाको शीर्ष स्थानमा छ । उसको तीन खेलबाट सर्वाधिक नौ अंक भएको छ । चार खेलबाट चारै अंक जोडेको कोलम्बिया समूहको दोस्रो स्थानमा रहेको छ । 

समूहकै अर्काे खेलमा दुई गोलले पछि परेको अवस्थाबाट फर्किएर पेरूले इक्वेडरसँग २–२ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको छ । रेनाटो टापियाको आत्मघाती गोलसँगै गस्ताभो अल्फारोको टोली इक्वेडरले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि एरतोर प्रेसियाडोले अर्काे गोल थप्दै इक्वेडरलाई पहिलो हाफमै २–० ले अघि राखेका थिए । 

तर, खेलको दोस्रो हाफमा पेरूले निक्कै सुधारिएको प्रदर्शन गर्‍याे । जियनलुका लापादुला र एद्री कारिल्लोले गोल गर्दै पेरूलाई पराजयबाट टारे । यो खेलको नतिजापछि इक्वेडरको क्वार्टरफाइनल यात्रा मुस्किलमा देखिएको छ । 

तीन खेलबाट दुई अंक मात्रै भएको इक्वेडर समूहको चौथो स्थानमा छ । समूहगत चरणको अन्तिम खेलमा ब्राजिलसँग प्रतिस्पर्धा गर्नुपर्ने भएका कारण इक्वेडरलाई अघिल्लो चरणको यात्रा मुस्किल देखिएको छ ।
 

ad
ad
ad
ad