मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ९ बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असार ९ बुधबार २o:४४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्तर्राष्ट्रिय मामिलाबारे तीनदिने वैश्विक सम्मेलन हुँदै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार ९ बुधबार २o:४४:oo

नेपाल इन्स्टिचुट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्जेमेन्ट नामक थिंकट्यांक (प्रबुद्ध मण्डल)ले शुक्रबारदेखि तीनदिने ग्लोबल कन्क्लेभ (वैश्विक सम्मेलन) आयोजना गर्ने भएको छ । समसामयिक वैश्विक मामिलामा चरणबद्ध हुने छलफलमा ४० मुलुकका दुई सयजना विज्ञ सहभागी हुँदै छन् । तीन दिनमा ४६ सत्रमा कार्यक्रम हुँदै छ । 

भर्चुअल माध्यमबाट हुने कन्क्लेभमा श्रीलंकाका परराष्ट्रमन्त्री दिनेश गुणवद्र्धना, भारतीय पूर्वरेलमन्त्री सुरेश प्रभाकर प्रभु, भारतीय कंग्रेसका नेता शशि थरूर, माल्दिभ्सका शिक्षामन्त्री अब्दुल्लाह रसिद अहमद, श्रीलंकाका विदेशसचिव डा. जयनाथ कोलम्बिया, जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेका विशेष सल्लाहकार प्रो. तनिगुची टोमोहिको एवं नेपाल तथा भारतका प्रबुद्ध व्यक्ति सहभागी हुनेछन् । 

आयोजक संस्थाका अनुसार विज्ञहरूले नेपालको विदेश नीति, भारत र चीनको विदेश नीति, नेपालमा प्रत्यक्ष वैदेशिक लगानी तथा सहयोग, नेपालको भारत र चीनसँगको सम्बन्ध, सिलिगुडी करिडोरको सुरक्षा, इन्डो–प्यासिफिक रणनीतिको भविष्य, चीनको उदय, एसियाको उदय, सफ्ट पावर र सार्वजनिक कूटनीति, आणविक निरस्त्रीकरण, हतियार नियन्त्रण र अप्रसार, बाइडेन प्रशासनअन्तर्गत अमेरिकी विदेश नीति, सार्क र बिमस्टेक, अन्तर्राष्ट्रिय सम्बन्धमा अन्तरदेशीय बसाइँसराइमा महामारीको प्रभावलगायतका विषयमा छलफल हुनेछ । 

आयोजक संस्थाका प्रमुख डा. प्रमोद जैसवालका अनुसार कार्यक्रमले बदलिँदो विश्वव्यापी तथा क्षेत्रीय भूराजनीतिक परिस्थितिमा नेपालले आफ्ना स्वार्थ सुनिश्चित गर्न थप मद्दत पुग्ने अपेक्षा लिएको छ । 

मेगा कन्क्लेभलाई विश्वका प्रतिष्ठित विश्वविद्यालय र थिंकट्यांकले सहयोग गरेका छन् । जैसवालका अनुसार भारतको जवाहरलाल नेहरू विश्वविद्यालय, सिंगापुरको नेसनल युनिभर्सिटीको दक्षिण एसियाई अध्ययन संस्थान र अमेरिकी युएस विश्वविद्यालय, जर्ज वासिंगटन विश्वविद्यालयको इलियट स्कुल अफ इन्टरनेसनल अफेयर्स, चीनको फुदान युनिभर्सिटी, थाइल्यान्डको चौललोन्कोन विश्वविद्यालय, जर्मनीको कोलोन युनिभर्सिटीले सहयोग गरेका छन् ।

कार्यक्रमलाई युनाइटेड सर्विस इन्स्टिट्युसन अफ इन्डिया र बंगलादेश इन्टरप्राइज इन्स्टिच्युट, रोमानियाको रोमानियाली इन्स्टिच्युट फर युरोप एसिया स्टडिज, रोमनियाको नेसनल मेरिटाइम फाउन्डेसन, दक्षिण एसिया डेमोक्रेटिक फोरम अफ बेल्जियम, चीनको सेन्जेन युनिभर्सिटी, श्रीलंकाको राष्ट्रिय सुरक्षा अध्ययन संस्थान र क्यानडाको भारत केन्द्रले पनि सहयोग गरेको जैसवालले जानकारी दिए ।