Skip This
गोरेटो बाटो निर्माणमा १५ लाखभन्दा बढी रकम हिनामिना गरेको भन्दै उजुरी दर्ता
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असार ९ बुधबार
  • Tuesday, 11 August, 2026
सोनी राई सोलुखुम्बु
२o७८ असार ९ बुधबार ११:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोरेटो बाटो निर्माणमा १५ लाखभन्दा बढी रकम हिनामिना गरेको भन्दै उजुरी दर्ता

अध्यक्ष शेर्पाद्धारा आरोप अस्वीकार

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
नयाँ पत्रिका सोलुखुम्बु
२o७८ असार ९ बुधबार ११:४१:oo

सोलुखुम्बुमा गोरेटो बाटो निर्माणमा १५ लाखभन्दा बढी रकम हिनामिना गरेको भन्दै उपभोक्ता समितिकै अध्यक्ष, कोषाध्यक्ष र प्राविधिकविरुद्ध उजुरी परेको छ । 

खुम्बु पासाङल्हामु गाउँपालिका– १ खरिखोलामा आर्थिक वर्ष ०७४/७५ मा खरिखोला हुँदै पाङगोम जोड्ने गाेरेटो बाटो निर्माणका लागि गाउँपालिकाबाट विनियोजन भएको ५८ लाखमध्ये १५ लाख ६८ हजार रुपैयाँ हिनामिना भएको भन्दै उपभोक्ता समितिका सचिव रामबहादुर थापामगरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन् । 

निर्माण समितिका अध्यक्ष ङिम तेन्डी शेर्पा, कोषाध्यक्ष छोटी शेर्पा र प्राविधिकको मिलेमतोमा गाउँपालिकाबाट रकम निकासा गरी हिनामिना गरेको समितिका सचिव मगरको आरोप छ । विनियोजित बजेटबाट ४२ लाख ३२ हजार रुपैयाँको मात्रै काम भएको र बाँकी रकमको दुरुपयोग गरिएको उनको उजुरीपत्रमा उल्लेख छ । 

हिनामिनाबारे मुख्यमन्त्री र प्रदेश सांसदलाई जानकारी गराउन खोज्दा निर्माण समितिका अध्यक्षले दबाब दिएको उजुरीमा उल्लेख छ । यता समितिका अध्यक्ष ङिमतेन्डी शेर्पाले आफूले कुनै पनि रकम हिनामिना नगरेको प्रस्ट पारेका छन् । कुल बजेटमध्ये पालिकाले कर कट्टा गरेर ५२ लाख मात्रै निकासा गरेको उनले बताए । 

४९ लाखभन्दा बढी बाटोको काममा खर्च भएको र बाँकी रकमको पालिका आवतजावत तथा स्टेसनरी खर्च भएको शेर्पाले बताए । पालिकाको कर्मचारीले स्थलगत अनुगमन गरी निकासा गरेकाले प्रक्रियाअनुसार काम फत्ते गरेको बताए । सचिवले आफूसँग रकम माग्दा नदिएपछि कपोलकल्पित उजुरी दर्ता गराएको अध्यक्ष शेर्पाले बताए ।